आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

चित्रगुप्तलाई बयान दिने ओलीको त्यो बोली !

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र पारदर्शिताको नारा बोकेर सत्ता सम्हालेको भए पनि पछिल्लो समयमा घूस काण्ड र विवादित मन्त्रीहरूका कारण सरकारको विश्वसनीयता र नैतिकतामाथि गम्भीर प्रश्न उठेका छन् । खासगरी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ७८ लाख घूस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि सडकदेखि सदनसम्म तरंग पैदा भएको छ । यस्ता घटनाहरूले सरकारको सुशासनको प्रतिबद्धतामाथि मात्र होइन, प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि समेत प्रश्नचिह्न खडा गरेको छ ।

गुप्ताको अडियो प्रकरणले भ्रष्टाचारको गहिरो जरा नेपाली राजनीतिमा रहेको तथ्यलाई पुनः उजागर गरेको छ । यो घटना नयाँ होइन, तर सरकारले यस्ता गम्भीर आरोपमाथि तत्काल कारबाही गर्न नसक्नुले जनताको विश्वास गुम्ने जोखिम बढाएको छ । यस्ता घटनामा शीघ्र र गम्भीर कारबाही नहुनु र प्रधानमन्त्रीको मौनता रहनुले सरकारको भ्रष्टाचारविरुद्धको अडानलाई कमजोर बनाएको छ । यस्ता विवादहरूले सरकारको छवि धमिल्याउनुका साथै जनताको आशा र भरोसालाई कमजोर बनाएका छन् । अन्य विपक्षी दलहरूले मन्त्रीमाथि छानबिन र कारबाहीको माग गरिरहँदा सत्तारूढ दलभित्रै पनि असन्तुष्टिको स्वर सुनिन थालेको छ । यस्तो अवस्थामा सरकारले तत्काल कदम चालेर पारदर्शी छानबिन र दोषीमाथि कठोर कारबाही गर्नुपर्छ । अन्यथा, सुशासनको नारा केवल खोक्रो बन्नेछ ।

यही प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार भनेजस्तो भएको आरोप लगाएका छन् । सोमबार संसद्मा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेकाले प्रधानमन्त्रीले चित्रगुप्तलाई बयान कहाँ गएर दिने भन्दै प्रश्न गरेका छन् । उनले थपे, ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाईको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन ।’ उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र विचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए । प्रचण्डले प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिनँ’ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने मात्र नभई भ्रष्टाचारीको मुख पनि नहेर्ने अभिव्यक्ति दिँदै आएका छन् । तर, उनको यो प्रतिबद्धता भने पूरा हुन सकेको छैन । अझ भ्रष्टाचार आरोपितलाई कारबाहीमा उदासीनताले उनको यो अभिव्यक्तिमा प्रश्न उठेको हो । उल्टो, ओलीले विवादित व्यापारीबाट पार्टी कार्यालयका लागि जग्गा दान लिएका थिए । सर्वोच्च अदालतले यसमा अन्तरिम रोक लगाए पनि यस्ता कार्यले सरकारको निष्पक्षता र स्वच्छतामाथि प्रश्न उठाएको छ । यस्ता घटनाहरूले ओली सरकारलाई भ्रष्टाचार र अनैतिकताको पर्याय बनाउने खतरा बढाएको छ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक