मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा शुक्रवार ललितपुर स्थित ‘द प्लाजा’मा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो । कार्यक्रमको पहिलो चरणमा ‘के नेपाल शैक्षिक हव बन्न सक्छ ?’ भन्ने विषयमा प्यानल डिस्कसन भएको थियो ।

प्यानल डिस्कसनमा वक्ताको रुपमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई, शिक्षा, विज्ञान तथा सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाई र इक्यानका अध्यक्ष शेषराज भट्टराई रहेका थिए । उनीहरुले ‘स्टडी इन नेपाल’ अवधारणालाई अगाडि बढाउन राज्यको नीतिगत कमजोरी मुख्य बाधक रहेको औंल्याउँदै यसलाई सकार्न सबैको हातेमालो हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षामन्त्री रघुजी पन्तले केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गर्ने अवार्ड समाराेहले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप उत्साह र ऊर्जा मिलेकाे बताए ।

कार्यक्रम उद्घाटन गर्दै मन्त्री पन्तले भने, “यस्ता कार्यक्रमहरूले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप उत्साह र ऊर्जा मिल्नेछ ।” भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने अवसर मिलोस् भन्ने उनले शुभकामना पनि दिए । कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८२’ बाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पु- याइरहेका उमेश श्रेष्ठ सम्मानित भएका छन् । भोजपुरबाट काठमाडौंसम्मको यात्रामा, आज देशका अग्रणी शिक्षण संस्थामध्येको एक लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष रहेका श्रेष्ठले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को कमाण्ड सम्हालिसकेका छन् ।

साथै पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्यको रूपमा शिक्षा तथा स्वास्थ्यसम्बन्धी विभिन्न नीति निर्माण प्रक्रियामा सहभागी भएर योगदान दिएका उनलाइ सम्मान गरिएकाे हाे । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान’ बाट सम्मानित भएका थिए । त्यसैगरी ‘शिक्षा सम्मान’बाट गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाई सम्मानित भएका छन् । यसैगरी शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल शैक्षिक संस्थाहरुलाई पनि केन्द्रबिन्दु डटकमले सम्मान गरेको छ ।

शिक्षा क्षेत्रमा गरेको योगदान, शैक्षिक गुणस्तर, एनईबीबाट प्लस टुमा विद्यार्थीले ल्याएको नतिजा, पठनपाठन शैली, पूर्वाधार, र सामाजिक उत्तरदायित्वका आधारमा सामुदायिक शैक्षिक संस्थातर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ भने संस्थागततर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलमा अवस्थित नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) र कालोपुलमा रहेकाे जेभियर इन्टरनेसनल कलेज सम्मानित भएका छन् ।

सम्मानित हुने संस्थागत शैक्षिक संस्थाहरू १. काठमाडौं मोडल सेकेन्डरी स्कुल (बालकुमारी) – बेस्ट परफर्मेन्स एक्सेलेन्स अवार्ड २. ट्रिनिटी इन्टरनेशनल एसएस एण्ड कलेज – बेस्ट एकेडेमिक इनभाइरन्मेन्ट अवार्ड ३. पिनाकल एकेडेमी एसएस कलेज – कन्सिस्टेन्ट एकेडेमिक परफर्मेन्स अवार्ड ४. मूनलाइट सेकेन्डरी स्कुल – कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेशन अवार्ड ५. काठमाडौं बर्नहार्ट कलेज – बेस्ट हिस्टोरिकल अचिभमेन्ट्स अवार्ड ६. ओमेगा इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ परफर्मेन्स अवार्ड ७. मनास्लु वल्र्ड कलेज – प्रेस्टिजियस प्लस टु अवार्ड ८. टेक्सास इन्टरनेसनल कलेज – बेस्ट इनोभेटिभ टिचिङ्ग प्राक्टिस अवार्ड ९. समृद्धि स्कुल – बेस्ट लर्निङ्ग सेन्टर अवार्ड १०. ब्रिजवाटर इन्टरनेशनल कलेज – डाइनामिक एजुकेसन लिडरसिप अवार्ड ११. अरनिको आवासीय सेकेन्डरी स्कुल – रिजनल प्रेस्टिज अवार्ड १२. मदरल्याण्ड सेकेन्डरी स्कुल –रिजनल प्रेस्टिज अवार्ड १३. मोर्गन इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड

उत्कृष्ट प्लस टु अवार्ड प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु १. काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बागबजार २. युनाइटेड एकेडेमी, ललितपुर ३. रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिल ४. जेभियर इन्टरनेसनल एकेडेमी, लाजिम्पाट ५. किस्ट कलेज एण्ड स्कुल, कमलपोखरी ६. लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर ७. लिटल एन्जल्स स्कुल, ललितपुर ८. भीएस निकेतन कलेज, तीनकुने ९. ट्रिटन एसएस कलेज, बालकुमारी १०. नेपाल मेगा कलेज, बबरमहल ११. नेपाल काष्ठमण्डप एसएस कलेज, कलंकी १२. आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू १. गोल्मादेवि माध्यमिक विद्यालय, ओखलढुंगा (कोशी प्रदेश) २. विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, रौतहट (मधेश प्रदेश) ३. विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौं (बाग्मती प्रदेश) ४. अमरसिंह माध्यमिक विद्यालय, कास्की (गण्डकी प्रदेश) ५. श्री माध्यमिक विद्यालय, दाङ (लुम्बिनी प्रदेश) ६. सारदा जनकल्याण माध्यमिक विद्यालय, सल्यान (कर्णाली प्रदेश) ७. ज्ञानेश्वर माध्यमिक विद्यालय, बैतडी (सुदूरपश्चिम प्रदेश) केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डले शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा शैक्षिक संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

यस अवार्ड समारोहमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरू, नीति निर्माताहरू, देशभरका उत्कृष्ट संस्थागत तथा सामुदायिका विद्यालयका विद्यार्थी, शिक्षकहरु, र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो। केन्द्रबिन्दु डटकमले विगतका वर्षहरूमा पनि यस्ता सम्मानजनक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको विश्वास राखेकाे छ । र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दछ ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१४ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक