काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
आषाढ १३ गतेको निर्णयाअनुसार पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


