शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माक्र्सबादको बिकासमा लेनिननको सैद्धान्तिक योगदानको महत्व

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

बिश्वमा माक्र्सवादको बिकासमा लेनिनबाद गुणात्मक विकासको दोश्रो चरण मानिन्छ । पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादन शक्ति, र्सवहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति सिर्जना भए अनुरूप माक्र्सवादलाई नयाँ उचाँमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मिएको हो । पूँजीवादको चरम बिकासको अवस्था कसरी साम्राज्यवाद हो भन्ने व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र सर्बहारावर्ग बीच भीषण संघर्ष हुने कुरा उल्लेख गरेका छन् । अनि लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो भनेर स्टालिनले व्याख्या गरेका छन् । लेनिनवाद सामान्यतया सर्बहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्बहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । लेनिनले माक्र्सवादको रक्षा र विकास मात्रै होइन, सन् १९१७ अक्टुबर २५ का दिन(रूसी पत्रो अनुसार नोभेम्बर ७ का दिन) महान् रुसी अक्टुबर समाजवादी क्रान्ति आफनै नेतृत्वमा सफलताकासाथ सम्पन्न गरे ।

लेनिन विश्वर्सवहारा वर्गका महान् नेता र लेनिनवादका प्रवर्तक हुन् । सिद्धान्त र विश्व दृष्टिकोण बारे लेनिनका महत्त्वपूर्ण शिक्षा रहेका छन् । लेनिनवाद, सिद्धान्त, विश्वदृष्टिकोण र शिक्षाबारे माओले भनेका छन, “लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ भने प्रथमतः विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीयतः क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्ग संघर्ष, सर्बहारा वर्गको अधिनायकत्व र सर्बहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका महत्वपूर्ण र बिशेषा शिक्षाहरू रहेका छन् ।”

यहाँ लेनिनवादले माक्र्सवादको विकासमा जुन उचाइ थपेको छ, त्यस विषयबारे स्टालिन र माओका भनाइहरूले सटिक र सूत्रबद्ध रूपमा प्रकाश पारेका छन् । लेनिनले माक्र्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उचाई थप्नु भयो त्यो माक्र्सवादी ज्ञानभण्डारमा महत्वपूर्ण उपलब्धि हो । ती कुराहरूलाई अब संक्षोपमा हेरौ —

पहिलोः आदर्शवादी प्रकृतिक वैज्ञानिक तथा दार्शनिकहरू र संशोधनवादीहरू जसले पदार्थको लोप भयो भन्ने निष्कर्ष निकालेका थिए तिनका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका ठोस आधारमा माक्र्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनको मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गरे ।

दोश्रोः लेनिनले द्वन्द्ववादी पद्धतिको पनि थप व्याख्या, विश्लेषण र परिमार्जन गरेर त्यसमा अग्रिम विकास र मूर्तता प्रदान गर्नुका साथै उनले भडुवा विकासवादका विरुद्ध भीषण संघर्ष गरेर द्वन्द्ववादको विपरितहरूको एकता र गुणात्मक छलाङ्गको सिद्धान्तमा नयाँ आयाम थपे ।
तेश्रोः ज्ञानसिद्धान्त सम्बन्धि अर्थात् द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्तमा प्रतिविम्बितको सिद्धान्त ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ कुराहरूको उजागर गरे ।
चौथोः लेनिनवादी संगठनात्मक सिद्धान्त अन्तरगत जनवादी केन्द्रीयताको सिद्धान्तलाई वैज्ञानिक किसिमले उनले बिकास गरे ।
पाँचौः ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अबमूल्यन गर्ने आत्मपरकतावाद, चेतनाको भूमिकालाई नकार्ने स्वस्फूर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध लेनिनले कडा संर्घष चलाएको थियो । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादका रूपमा औल्याई सर्बहारा क्रान्तिको सिद्धान्तलाई बिकास र परिमार्जन गर्ने, साम्राज्यवादको युगमा युद्धको सैद्धान्तिकरण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।

छैठौंः लेनिनले माक्र्सवादी लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने, बर्ग दुश्मन तथा संशोधनवादका विरुद्ध वर्ग संर्घष मार्फत दुइलाइन संर्घषबाट समस्याहरूको समाधान गर्दै वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा अद्वितीय भूमिका रहेको छ ।
बस्तवबमा महान लेनिनले माक्र्संबादलाई सही अर्थमा ब्यबहारमा प्रयोग गर्ने क्रममा जुन माक्र्सबादको उदयभन्दा पछि बिकसित भएको बिश्व स्थिति थियो त्यसलाई गहनरुपमा गहिरो अध्ययन गरेर माक्र्सबादका आधारमा सम्बोधन गर्न र समस्याको सही समाधान खोज्न माक्र्सबादमा थप आयाम थप्नु भएको यसरी प्रष्ट हुन्छ ।

 

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक