मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले मातृभाषा विद्यालयमा व्यवस्थित रुपमा अध्यापन नगराएकाेप्रति गम्भीर आपत्ति

अन्य जिल्लामा नेपालभाषा समाबेश गराउनु पर्नेमा जाेड

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
सरकारले मातृभाषा विद्यालयमा व्यवस्थित रुपमा अध्यापन नगराएकाेप्रति गम्भीर आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर ।  नेपालभाषा सहजकर्ता पुचः  ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफल सम्पन्न भएको छ ।

नेपालभाषा सहजकर्ता पुचःका सह सचिव रचना महर्जनले शुभकामना मन्तव्य राख्नुका साथै ललितपुरकाका प्रवक्ता सामाजिक कल्याणका संयोजकका साथै नगर प्रवक्ता राजु महर्जनले पानसमा दिप प्रज्वलन गरि सुरू गरिएको कार्यक्रमा नेपालभाषा शिक्षिका गंगा बज्रार्चाय कार्यक्रम संचालन गरिएको थियो । साथै अष्टमाया बाबुकाजी स्मृति फाउण्डेसनका सदस्यहरूले अष्टमाया बाबुकाजीले फोटोमा फुल माला अपर्ण गरी दिवंगत आत्माको चीर शान्तिको कामना गरिएको थियो ।

नेपालभाषाको शैक्षिक इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन प्रतियोगितामा ३६ वटा विध्यालयले सहभागीता जनाइएको थियो । पहिलो चरणमा उत्कृष्ट पाठ वाचन गर्ने दश जना छनौट गरिएको थियो भने दोश्रो चरणमा १० जनाबाट पहिलो दोश्रो, तेश्रो घोषणा गरिएको थियो ।
विद्यार्थीहरुले रचना पाठ गरेर सम्पूर्ण दर्शकहरुको मन जित्न सफल भएको भएको कार्यक्रममा उत्कृष्टताको आधारमा अष्ट माया फाउण्डेशनका प्रमुख बाबुराजा महर्जनले क्रमश प्रथम हुन सफल श्री मिननाथ आदर्श शिक्षा सदन मावि, विना महर्जनको विद्यार्थी नीकिता बोलाखेलाई नगद पुरस्कार ३,५००÷— , दोश्रो हुन सफल श्री ललित विकास मा।वि, रविना महर्जनको विद्यार्थी पिंकी कुमारी रामलाई नगद पुरस्कार ३,०००÷— तथा तेश्रो हुन सफल श्री कृषि उदय मा।वि, उपा सिं महर्जनकाको विद्यार्थी कविता मगरलाई २,५००÷— नगद पुरस्कार दिनु भएको थियो भने ।

उत्कृष्टतता आधारमा श्री टिका विद्याश्रम मा।वि।, ममता अवालेका विद्यार्थी गोरिवन्द भट्ट, श्री संचतेना मा।वि।, सन्जु बज्राचार्यका विद्यार्थी सकृय लामा, श्री श्रमिक शान्ति मा।वि।, गंगा बज्राचार्यका विद्यार्थी खुसि कुमारी चौधरी, श्री जल्पा मा।वि।, निर्मला राजपुतका विद्यार्थी रोजिना सुनार, श्री पद्य प्रकाश मा।वि।, ऋतु महर्जनका विद्यार्थी इशिता वि।क।, श्री जनउदय मा।वि।, पवित्र कुमार महर्जनका विद्यार्थी रोजी लामा, श्री बालकुमारी मा।वि, सृजना महर्जनका विद्यार्थी पार्वती तामाङ्गलाई ७ जनालाई नगद २०००÷— प्रत्येक विद्यार्थीलाई प्रदान गरिएको थियो ।

शनिबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ललिलतपुर महानगरपालिका प्रवक्ता सामजिक कल्याणका संयोजक एवम् नगरप्रवक्ता राजु महर्जनले पानसमा दिप प्रज्वलन गरि सुरु भएको कार्यक्रमको संचालन नेपालभाषा शिक्षिका गंगा बज्राचार्यंले गरिएको थियो ।

नेपालभाषा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा नेपालभाषा संरक्षण सम्बर्द्धन प्रवर्द्धन गर्ने उद्वेश्यले आयोजना गरिएको कार्यक्रममा निर्णायकको भुमिका भाषाविद् विष्णु चित्रकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान अध्यक्ष अगिब बनेपालिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रमका अतिथि सह प्रा। तुल्सीलाल सिंहले ललितपुर महानगरपालिकाका नेपालभाषा अध्यापन गराउने शिक्षकहरु एक सय एक भएको चर्चा गरे । उनले विद्यार्थीहरुको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप एक दम सह्रानिय जनाए । जसबाट नेपालभाषा शिक्षकहरुको शिक्षण विधि कार्य कहाँ सम्म पुग्यो रु भनेर जाँच गर्न महत्वपूर्ण रहेको जनाए ।

कार्यक्रमका अतिथि अष्टमाया फाउण्डेशनका प्रमुख बाबुराजा महर्जनले नेपालभाषा विषय ललितपुर नगरपालिका अनिवार्य मात्रै नभई अन्य जिल्लाहरुमा समेत नेपालभाषा समावेश गराउन सफल हुनेमा आफू आशावादी रहेको जनाए ।

उनले हाम्रो मातृभाषा सधैं जिवित बनाई राख्नु पर्ने सबैले थाहा भएता पनि आजकल हाम्रो भाषा हाम्रा बालबालिकाहरूले बोल्न छोड्दै गरेको अवस्थामा सम्पूर्ण भाषाप्रेमी, शिक्षकहरुले निरन्तर रुपमा लागेको खण्डमा सधैं जिवित रहने जनाए । उनले थप्दै भने यस्तो पुण्यकार्यमा मेरो श्रद्धय पिता बाबुकाजी र अष्टमायाको तर्फबाट पुरस्कार दिने अवसर दिएकोमा सम्पूर्ण आयोजकलाई हृदयदेखि धन्यवाद दिए । मातृभाषा संरक्षण कार्यमा आफ्नो सदा सर्वदा साथ रहने प्रतिबद्धता जाहेरी गरे ।

नेवाः देय् दबूबाट अतिथिका रूपमा पाल्नु भएका सरलगोपाल महर्जनले खोकनामा पन्चायतकालमा नेपालभाषामा कार्यक्रम गर्दा समेत बन्देज लगाइनुका साथै प्रहरी घेरेर दबाब दिएको घटना सुनाए । जब देशमा बहुदल आएपनि नेपालभाषा अध्यापन गराउनेमा केही व्यवस्था भएन अहिले नेपालभाषा पठनपाठन गर्ने अवसर सृजना भएको अवसरलाई नचुकाइकन सरकारी विद्यालयमा मात्रै सीमित नराखी निजी विद्यालयहरुमा नेपालभाषा अध्यापनमा गराउन सफल भएमा मात्रै हाम्रो कला, संस्कृति तथा भाषा संरक्षण हुने जनाए ।

कार्यक्रमका अतिथि एवम् निर्णायक भाषाविद् बिष्णु चित्रकारले सरकारले अझै पनि मातृभाषा विद्यालयमा व्यवस्थित रुपमा अध्यापन नगराएको प्रति गम्भीर आपत्ति जनाए । उनले नेपालभाषालाई अप्सनल विषयमा समावेश गर्न नहुने तथा भाषागत विषयमा नै समावेश गराउन जोड दिए । साथै नेपालभाषा स्थानीय तहमा अनिवार्य गराउन एकपटक सबैले पटक पुनः संघर्ष गन आवश्यक अौल्याए ।

कार्यक्रममा नेपालभाषा केन्द्रिय विभागका नेपालभाषा उप प्रा। जीवनकुमार महर्जन, क्लासिक जेम प्रोपाईटर कृष्णलाल महर्जन, आर बि डाइमण्डबाट सरिता महर्जन, काठमाडौं नेपालभाषा स्यनामि पुचः प्रतिनिधि विद्या चित्रकार, लगायत अतिथीहरूले सहभागिता जनाएको थियो ।

सो कार्यक्रमा प्रमुख अतिथी ललितपुर महानगरपालिकाका सामाजिक कल्याण संयोजक एवम् नगर प्रवत्ता राजु महर्जनले “ललितपुर महानगरमा कक्षा चारमा नेपालभाषा अध्यापनका पाठ्यक्रम तयारी भईसकेको, बजेट बिनियोजन तथा ललितपुर महानगरमा १५ जनाको नेपालभाषा अनुगमन कमिटी बनाउने कार्य भईरहेको जानकारी गराए ।

उनले अष्टमाया बाबुकाजी फाउण्डेसनको नेतृत्वमा शिक्षा, भाषा क्षेत्र लगायत विविध क्षेत्रमा मानवीय भावना जागृत गराएर कार्य गर्दै आएको एकदम राम्रो कार्य भएको जनाउँदै नेवार समुदायको हक, हितको लागि सबैले कदम चाल्नु पर्नेमा जोड दिए ।

सभापति पवित्रकुमार महर्जनले सह प्रा। तुल्सीलाल सिंहया परिकल्पना अनुसार नेपालभाषा पाठ वाचन कार्यक्रम गर्नमा सहयोगी महानुभावहरुलाई धन्यावाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

 

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१७ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक