शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षा क्षेत्रमा हस्तक्षेप? हाजिरी प्रतियोगितामा मेयरमाथि सरुवा धम्कीको आरोप”

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
शिक्षा क्षेत्रमा हस्तक्षेप? हाजिरी प्रतियोगितामा मेयरमाथि सरुवा धम्कीको आरोप”
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । मधेस प्रदेशअन्तर्गत रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ४ को आयोजनामा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। स्थानीय विद्यालयहरूका विद्यार्थी, शिक्षक, अभिभावक तथा बौद्धिक वर्गको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा आयोजकले सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि चन्दन कुशवाहा वडा अध्यक्ष जयराम चौधरी, शिक्षक रामाकान्त कुशवाहा, उमाकान्त कुशवाहा, अन्चित कुशवाहा, वडा अध्यक्ष पदका उम्मेदवार रामाशंकर यादव, साथै अन्य स्थानीय बुद्धिजीवी, शिक्षक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहनुले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

आयोजक टिमले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले ज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम सफलरूपमा सम्पन्न भए तापनि, नगर प्रमुखको भूमिकामाथि गम्भीर आलोचना उठ्न थालेको छ। विभिन्न स्रोतका अनुसार, प्रतियोगितामा केही विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सहभागी नहुन दबाब दिइएको तथा सहभागी हुनेहरूमाथि सरुवाको धम्की दिइएको आरोप सार्वजनिक भएको छ।

एक शिक्षकमार्फत प्राप्त गोप्य सूचनामा आधारित रहँदै, शिक्षा क्षेत्रमा गरिएको यस्तो हस्तक्षेपले संविधान तथा प्रचलित कानुनी मापदण्डको उल्लंघन भएको विज्ञहरूको भनाइ छ।

नेपालको संविधान २०७२ को धारा ३१(१) ले नागरिकलाई गुणस्तरीय शिक्षा पाउने हक सुनिश्चित गरेको छ,
स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ११(क) मा जनप्रतिनिधिले पदको दुरुपयोग गर्न नपाउने व्यवस्था गरिएको छ,साथै, शिक्षा ऐन, २०२८ को दफा १६(४) ले विद्यालय व्यवस्थापन समितिको स्वायत्तता सुरक्षित गरेको स्पष्ट व्यवस्था गरेको छ।

यस्ता गतिविधि संविधान र कानुनको भावना विपरीत रहेको भन्दै शिक्षक संगठन, अभिभावक संघ तथा शिक्षा प्रेमी समूहहरूले आपत्ति जनाएका छन्। उनीहरूले शिक्षा जस्तो मौलिक अधिकारको क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने माग गरेका छन्।

शिक्षा नाफा वा राजनीतिक स्वार्थको विषय नभई राष्ट्र निर्माणको मेरुदण्ड हो। त्यसैले, शिक्षा क्षेत्रप्रति राज्यका सबै तह, विशेषगरी निर्वाचित जनप्रतिनिधिहरू उत्तरदायी, पारदर्शी र निष्पक्ष रहनु अत्यावश्यक छ।

यदि कुनै जनप्रतिनिधिले पदको दुरुपयोग गरी शिक्षक/कर्मचारीहरूलाई धम्की, दवाब वा सरुवाको डर देखाएर राजनीतिक प्रतिशोध लिने प्रयास गरेमा, सो कार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३(१) अन्तर्गत दण्डनीय अपराध हो।

शिक्षा प्रणालीमाथि राजनीतिक हस्तक्षेप होइन, संरक्षण र सहयोग हुनु आजको आवश्यकता हो।

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक