काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
गएराति भएको समूह एफको खेलमा डर्टमुन्डले उल्सान एचडीमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो भने फ्लुमिनेसले मामिलोडी सनडाउन्ससँग गोलरहित बराबरी खेले ।
अर्को खेलमा फ्लुमिनेन्सले दक्षिण अफ्रिकी क्लब मामेलोडीसँग गोलरहित बराबरी खेलेपनि अघिल्लो चरणमा पुग्न पर्याप्त रह्यो ।


