सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशमा भ्रष्टाचारीहरूको लर्को लाग्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन् ।

आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको जनाए ।

मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् । ‘भ्रष्टाचारीहरूको यहाँ लर्को लागेको छ, त्यसमा बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयत्न कसैले नगरिदिनुहोला । त्यो कसैले पत्याउँदैन,’ भट्टराईले भने, ‘हात्ति र हात्तिछाप चप्पल उस्तै हो नानु भनेर विज्ञापन गर्नु भएन, त्यो हाँस्यास्पद कुरा हुन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराई सरकारलाई चुनौती दिए ।

‘अहिले पनि चुनौती दिन्छु, म रेकर्डमै छु, त्यतिबेला संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनिराखेकै छु । त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन,’ भट्टराईले भने, ‘छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले नै म ठाडो चुनौती दिन चाहन्छु ।’

ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृति रहेको बताएका छन् । पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको भट्टराईको आरोप छ ।

युवाहरूमा चरम निरासा आक्रोश बढ्दै गएको, विदेशिनेको लर्को थपिँदै गएको, भ्रस्टाचारको चाङ उकालो लाग्दै गएको र समाग्र कृषि, वित्तीय, औद्योगिक क्षेत्रका समस्याहरू ज्यूँकात्यूँ रहेको उनको भनाइ थियो ।

त्यसकाविरुद्ध निर्णायक तहको आन्दोलन गर्नुपर्छ र देशलाई भरपर्दो अग्रगामी विकल्प दिनुपर्छ भन्ने निर्णय गरेको उनले बताए ।

संघ, प्रदेश र स्थानीय तहमा प्रमुख ३ वटा दलका नेताहरूको भ्रस्टाचारजन्य गतिविधि, कमिसनखोरहरूको जुन पकड बनेको छ, त्यसलाई तोड्नुपर्ने उनको भनाइ छ । भ्रस्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिरण बनाउन उनले माग गरेका छन् ।

‘नाम जे सुकै दिए पनि हुन्छ, उसले प्रधानमन्त्रीदेखि लिएर सबैको छानबिन गरेर कठघरामा उभ्याओस्,’ डा. भट्टराईले भने, ‘अदालतको पुनर्संरचना गरेर निश्पक्ष खालको अदालत बनोस् । स्थानीय तहमा जनलोकपाल गठन गरेर तिनले चाहिँ संस्थागत भ्रस्टाचारलाई सुधार गर्न सकौं ।’

भिजिट भिसा प्रकरणमा संस्थागत रुपमा भ्रष्टाचार भएको डा. भट्टराईको भनाइ थियो । मन्त्री, सचिवहरूको मिलिभगतमै अध्यागमनलगायतमा भ्रस्टाचार भएको बताउँदै भट्टराईले समग्र ढंगबाटै छानबिन हुनुपर्ने जनाए ।

पहिले जे कुरा आएको छ, त्यसको निश्पक्ष ढंगले छानबिन हुनुपर्ने र दोस्रो कुरा यो अहिलेदेखि नभएर धेरै पहिलेदेखि नै भएको देखिने भट्टराईको भनाइ थियो । शंकाको घेरामा आएकाहरूको संसदीय छानबिनबाटै जानुपर्ने भट्टराईले जनाए ।

आफूहरू नै नेपालको वैकल्पिक राजनीतिको रुख भएको बताएका छन् । वैकल्पिक शक्ति निर्माणको चरणमा पातहरू खस्ने, फेरि पलाउनेजस्तो पार्टीमा पनि जाने–आउने क्रम चलिरहने उनको धारणा थियो ।

अहिले वैकल्पिक राजनीतिमा अरु देखिए पनि आफूहरू नै वैकल्पिक राजनीतिको रुख भएको र अरु त्यसको हाँगाबिगामात्रै भएको उनको टिप्पणी थियो । निरन्तर वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेकाले एक दिन सफल भएर यो देशको नेतृत्व गर्ने सपना डा. भट्टराईले सुनाए ।

वैकल्पिक शक्तिहरूसँग जनताका मुद्धामा सहकार्य गर्दै अगाडि बढ्ने निर्णय नै गरिएको डा. भट्टराईको भनाइ थियो । पुराना, बेइमान र गन्हाएकाहरूसँग अब सहकार्य नगर्ने उनले बताए । वार्ता समिति बनाएर विभिन्न शक्तिहरूसँग छलफल भइरहेको उनले जनाए ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

१४ घण्टा अगाडि
नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविको चीन भ्रमण स्थगन

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ बढ्याे

पहिरोका कारण विभिन्न स्थानका राजमार्ग प्रभावित

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक