काठमाडौं । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केसीलाई सैनिक मुख्यालयले जंगीअड्डाले केही समयअघि सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी दिएको थियो ।
यो जिम्मेवारी पाउनुअघि उनी नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयमा समेत प्रमुख थिए । उनी २०४७ सालमा नेपाली सेनाको अफिसर क्याडेटबाट सैनिक सेवामा प्रवेश गरेका थिए ।