सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल पत्रकार दिलभूषण पाठकविरुद्ध जारी पक्राउ पूर्जी प्रेस स्वतन्त्रतामाथिको प्रहार

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाल पत्रकार दिलभूषण पाठकविरुद्ध जारी पक्राउ पूर्जी प्रेस स्वतन्त्रतामाथिको प्रहार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली अधिकारीहरूले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरेको पक्राउ पुर्जीले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणमाथि गम्भीर चिन्ता पैदा गरेको र देशभित्रको स्वतन्त्र आवाजहरूलाई दबाउने जोखिम बढाएको एम्नेस्टी इन्टरनेसनल नेपालले आज जनाएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोमा गरिएको उजुरीका आधारमा  विद्युतीय कारोबार ऐनअन्तर्गत जारी गरिएको भनिएको पक्राउ पुर्जी हालै मात्र पाठकले आफ्नो कार्यक्रम  ‘टफ टक विथ दिलभूषण पाठक’ मा वर्तमान सरकारका एक बहालवाला मन्त्रीसहित वरिष्ठ राजनीतिक व्यक्तित्वहरूसँग सम्बन्धित तथाकथित व्यापारिक लेनदेनबारेको समाचार प्रकाशित गरेपछि आएको हो।

“यो घटनाले खोजमूलक पत्रकारितालाई निरुत्साहित गर्नका लागि राज्यसत्ताको दुरुपयोग गर्ने गम्भीर प्रयासको प्रतिनिधित्व गर्दछ। अनुसन्धानका लागि दुरुपयोग गरिँदै आएको विद्युतीय कारोबार ऐनअन्तर्गतको यो अनुसन्धानलाई अधिकारीहरूले रोक्नुपर्दछ र केवल रिपोर्टिङ्ग गरेकै आधारमा तथा युट्युब च्यानलमा उठाइएका आलोचनात्मक प्रश्नहरू गरेकै कारण पाठकलाई पक्राउ गर्नबाट पछि हट्नु पर्छ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने। “पत्रकारहरूले कुनै प्रतिशोधको डर वा त्रास बिना कठिन प्रश्नहरू सोध्न र असहज सत्यहरूलाई उजागर गर्न सक्नुपर्छ। आलोचनात्मक रिपोर्टिङलाई दबाउनका लागि कानुनी प्रावधानको प्रयोग अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार हो जसलाई नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले प्रत्याभूत गरेको छ।”

“यो कदमले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारका लागि खतरनाक नजिर सिर्जना गर्दै छ,” थपलियाले भने। “सूचना खोज्ने, प्राप्त गर्ने र प्रदान गर्ने अधिकारसमेत जोडिने अभिव्यक्ति स्वतन्त्रता एउटा मौलिक मानवअधिकारको विषय हो जसलाई राजनीतिक रूपमा संवेदनशील विषयवस्तुहरूका बारेमा अभ्यास गर्दा समेत संरक्षित गर्नु पर्छ।”

यस खाले सार्वजनिक सरोकारका विषयहरू पूर्ण रूपमा पत्रकारिताको निगरानी र जवाफदेहिताको दायरामा पर्ने भएकोले पाठकविरुद्ध फौजदारी कारबाही अघि बढाउने निर्णयले पत्रकारहरूलाई हतोत्साही बनाउन तथा त्रासमा राख्नका लागि राज्यसत्ताको दुरुपयोग गरिएको सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ।

पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन र सञ्चार सामग्रीसम्बन्धी कुनै पनि गुनासाहरू प्रेस काउन्सिल नेपाल जस्ता उपयुक्त र स्वतन्त्र निकायमार्फत सम्बोधन गर्न एम्नेस्टी इन्टरनेसनल नेपाल नेपाल सरकारलाई आह्वान गर्दछ। नेपाल सरकारले आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्दै प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्छदछ र कुनै डर, धाक, धम्की वा अवाञ्छित हस्तक्षेप रहित तवरमा पत्रकारहरूले आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने वातावारणलाई सुनिश्चित गर्नुपर्छ।

 

यो पनि पढ्नुहोस्

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

६ घण्टा अगाडि
किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक