मङ्ल, अशोज २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चर्चा पश्विमा ‘ग्लोबल साउथ’को अनि नेतृत्व चीनको ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी,

-आजको अन्तर्राष्ट्रिय राजनीतिमा ग्लोबल साउथ अर्थात नयाँ तेश्रो बिश्वको भूमिकालाई लिएर निकै चर्चा परिचर्चा बिश्वभरी नै जारी रहेको छ । शीतयुद्धको कालखण्डमा तेश्रो बिश्वकोरुपमा ती देशहरु सामेल रहेका थिए जो अमेरिका र तत्कालीन सोभियत संघ इतरका देशहरु दुबै गठबन्धनभन्दा बाहिरका देश थिए । तर सोभियत संघले भने मूलतः साम्राज्यबाद बिरोधी ती तेश्रो बिश्वका देशहरुलाई आफ्नो स्वभाविक मित्रकोरुपमा अर्थ्याउने र औंल्याउने गर्दै आअएको थियो । तर सोभियत संघको बिघटन पछि भने यो तेश्रो बिश्व शब्दकै प्रयोगको प्रासांगिकता हराएर गएको स्थिति बिकसित भएको थियो ।
त्यसपछि त पश्चिमा देशका बिश्लेषकहरुले के दाबी गर्न थालेका थिए भने बिश्व अब एक ध्रुबीय भइसक्यो । केवल अमेरिका अबको बिश्वको एक मात्र शक्ति केन्द्र रह्यो । तर अब यता बितेका दुइ तीन दशकको कालखण्डमा बिश्वमा आएको परिबर्तनको परिणास्वरुप एक ध्रुबीय बिश्व ब्यवस्थाको त्यो बिचार खोक्रो साबित भइसकेको या भइरहेको छ । चीन आफ्नो आर्थिक र सैनिक शक्तिकासाथ एउटा बैकल्पिक ध्रुबकारुपमा उदाइरहेको आज प्रष्टै देखिन्छ ।
हुन त योभन्दा दशकौं पहिला तेश्रो बिश्वको अगुवाई भारतले गर्न थालेको पनि मानिन्थ्यो । त्यतिबेला भारतका प्रधानमन्त्री रहेका जवाहरलाल नेहरुलाई असंलग्न आन्दोलनको एउटा चमत्कारिक नेताकोरुपमा पनि प्रस्तुत गर्न खोजेको देखिन्थ्यो ।बर्तमान समयमा भने तेश्रो बिश्वको स्थानमा अब ‘ग्लोबल सााउथ’ शब्द प्रचलनमा ल्याउन थालेको देखिदैछ । यसको आधार मूख्यतः आर्थिक बिकासको स्तरमा आधारित भएर निर्धारण गरिदैछ । यो बिकसित या सम्पन्न देशहरुको बिपरीत बिकासशील र गरीब देशहरुको समूह मानिने गरेको छ ।

यो ‘ग्लोबल साउथ’को नेतृत्वका लागि यतिबेलाा चीन र भारतका बीचमा प्रतिस्पद्र्धा भइरहेको एकथरीको बिश्लेषण छ । भारतले आफुलाई एक लोकतान्त्रिक र स्वतन्त्र समाजकोरुपमा आफ्‌नो दाबेदारी गर्न खोजेको देखिन्छ । तर चीन भने आफ्‌नो आर्थिक बिकासको अपूर्ब र चामत्कारिक सबलताले गर्दा अहिले नै ग्लोबल साउथको केन्द्र बनिसकेको र बनिरहेको छ । यसकासाथै बिश्वमा ठूलो दक्षिण अमेरिकी देश ब्राजिल र ठूलो अफ्रिकी देश साउथ अफ्रिका जस्ता देशहरुले पनि चीनलाई नै समर्थन गरिरहेका छन् । त्यति मात्रै होइन, युक्रेन संकटमा चीनका बिरुद्ध उभ्भिएका र चीनलाई अंकुश लगाउने अमेरिकाको रणनीतिमा सहभागी भइरहेका फ्रान्स र जर्मनी जस्ता देशहरु समेत यतिबेला चीनसँग सम्बन्ध सामान्य र सहज बनाउन र कायम राखिराख्न बढी इच्छुक देखिएर अघि सरेका देखिदैछन् ।

यसका अतिरिक्त पछिल्लो समय साऊदी अरब र ईरानका बीच राजनीतिक मेलमिलाप गराउने महत्वपूर्ण भूमिकामा चीन सफल भएकाले पनि यतिबेला चीनको कद बिश्वमा अझ माथि उठेर बढ्न गएको देखिएको छ । हालै चीनले यूक्रेन युद्धलाई समाप्त पार्न पनि पहल गरिरहेको देखिएको छ र यस सम्वन्धमा शान्तिका लागि चीनले महत्वपूर्ण १२ बूँदे प्रस्ताव पनि अघि सारिसकेको छ । यी सबै महत्वपूर्ण कारक र कारणले गर्दा चीन धेरै अगाडि बढिसकेको छ । तर भारत भने यस मामिलामा निकै नै पछि परेको प्रष्टै देखिएको छ । भारत पछि पर्नुका ठोस कारणहरु पनि रहेका छन् । पहिलो त बिकास यात्रामा भारत चीनभन्दा अझै केही दशक पछाडि नै छ । चीनको बराबरीमा पुग्न उसलाई अझै लामो समय लाग्ने भारतीय र गैर भारतीय धेरै बिश्लेषकहरुले बिश्लेषण गरिरहेका छन् ।

हुन त २०२३ अप्रिल महिनामा नै भारत बिश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश अबश्य बनेको हो । तर यस जनसंख्या बृद्धिले मात्र भारतको अन्तर्राष्ट्रिय उच्चाई बढ्ने कुरा मानिदैन । यस जनसंख्या बृद्धिको सम्वन्धमा चीनको बिदेश मन्त्रालयले कुनै देशको जनसंख्या कति छ भन्दा पनि त्यो जनसंख्याको गुणस्तरीयता के कस्तो छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ भन्ने धारणा पनि ब्यक्त गरिसकेको छ । यस परिप्रेक्षमा जर्मनीको एउटा प्रमुख समाचार माध्यमले एउटा कार्टुन प्रकाशित पनि गरेको छ । त्यसमा एकातिर चीनको बुलेट ट्रेन देखाइएको छ भने अर्कोति भारतको गए गुज्रेको रेल छ, जुन रेलको छतमा सयकडौं यात्री सवार छन् । भारतमा त्यस कार्टुनको निकै आलोचना भए पनि बिश्लेषकहरु के भनिरहेका छन् भने त्यसको आलोचना गरेर तीतो पोख्नु भन्दा आवश्यक र सोचनीय कुरा के छ भने यो स्थितिलाई कसरी परिबर्तन गर्ने हो त्यतातिर भारतको गम्भीर ध्यान जानु पर्दछ, आफु बिकासको गति र प्रगतिमा पछि परेर आक्रोश पोख्नुले कुनै अर्थ राख्दैन भन्ने पनि औंल्याइदैछ ।
भारतले युक्रेन युद्ध अझ लम्बियो र थप पश्चिमा सहयोगमा त्यो युद्ध तीब्र हुन पुग्यो भने भारतमाथि कुनै एउटा पक्षको साथमा खुलेर लाग्ने दबाब अझ बढ्ने कुरा पनि ज्ञाता बिश्लेष्कहरु अहिले उल्लेख गरिरहेका छन् । यस सम्वन्धमा गएको मई महिना र यो चालु जून महिना महत्वपूर्ण हुन सक्ने आकलन पनि गरिदैछ । त्यसैले अमेरिका र पश्चिमा देशहरुको थप सैनिक सहयोगका कारण युक्रेनले रुसमाथि जबाफी हमला गर्न पुग्यो भने त्यसका बिरुद्ध रुसले ठूलो र अझ प्रभावी प्रतिकार गर्नसक्ने कुरा पनि त्यत्तिकै सम्भावित छ । अनि त्यो संघर्ष अझ तीब्र हुन र अझ फैलिन सक्छ । यो क्रम बढ्दै गएर रुस र नाटो देशहरुका बीच अन्तिम शक्ति परीक्षणको स्थिति आउन पनि सक्छ भन्ने सम्मको आकलन पनि गरिदैछ । केही अघि यस्तै युद्धजन्य परिस्थितिका बीचमा यता भारतका प्रधानमन्त्रीले जी – ७ शीखर बार्ता र अष्ट्रेलियामा ‘क्वाड’ शीखर बार्तामा भाग लिन गए । बास्तवमा बर्तमान बिश्वमा सर्बत्र यूक्रेन युद्धको छायाँ परिरहेको अबस्थमा भएका ती शीखर सम्मेलनहरुमा भारतको स्वतन्त्र बिदेश नीति कत्तिको स्वतन्त्र रहेको मानिने हो त्यसको पनि कडा परीक्षा हुने र भइरहेको देखिन्छ । यी सबै कारणले भारत ग्लोबल साउथको नेतृत्व गर्न चीनभन्दा पछि परिरहेको र अझै लामो समयसम्म परिरहने कुरा नै उजागर गर्दछन् भन्ने निष्कर्श निस्कन्छ ।
त्यसमा पनि मूलतः अझ महत्वपूर्ण कुरा के देखिन्छ भने यो ग्लोबल साउथलाई संगठित गर्ने, उठाउने र अघि बढाउने दीगो र भरपर्दो नीति कसले दिनसक्छ र सक्ने सम्भावना छ त्यसमा नै यसको नेतृत्व कसले लिन्छ भन्ने कुरा भरपर्छ । प्रष्ट मार्ग चित्र र तदनुकूलको तत्परता बिना बिश्वको यो दक्षिण – दक्षिण सहयोगको ठोस अस्तित्व र सक्रियता पनि बिकसित हुन सक्तैन र यो पनि बिगतमा सार्क जस्तै एउटा गफ गर्ने थलोमै सीमित हुन पुग्ने कुरा मात्र भएर रहन सक्छ भन्ने पनि बिगतका यस्तै अनुभवहरुले प्रष्ट पार्दछन् ।
यद्यपि आज बिश्व बहुध्रुबीय दिशातिर अघि बढ्ने जुन अन्तर्राष्ट्रिय स्थिति बनेको छ त्यसलाई मूर्तरुप दिन प्राय सबैले चीनकै मुख मूलतः ताकिरहेको देखिन्छ । त्यसैले आजको बिज्ञान र प्रबिधिले समते गतिमान बिश्व निर्माण गर्न र सही दिशामा अघि बढ्न जुन परिबेश बनाइरहेको छ त्यसलाई चीनले निकै सही किसिमले बुझेको र समानता, न्याय, शान्ति र समुन्नतिका निम्ति चीनको भूमिका अग्रगण्य र प्रभावकारी हुने नै बढी सम्भाबना रहेको प्रतीत हुन्छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

३१ मिनेट अगाडि
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने

थप १४ वटा विधेयक संसद्‍मा दर्ता प्रक्रिया अन्तिम चरणमा

अर्थमन्त्री र विश्व बैंक समूहका अध्यक्षबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक