शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरामा गुरुङ भाषाका चलचित्रको उर्वरभूमि

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पोखरामा गुरुङ भाषाका चलचित्रको उर्वरभूमि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की। कला संस्कृतिको धनी पोखरा । त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको सहर । यहाँ समय समयमा जनजाति अनुहार एक्सन, कटको सेटमा भेटिन्छन् । यहाँ आदिवासी संस्कृति, कला, भाषा, संस्कार, गीत/सङ्गीतमा आधारित चलचित्र निर्माण हुने क्रम बढ्दो छ । महिनौँ जसो हलमा गुरुङ चलचित्रको च्यारिटो सो भइरहन्छन् । यसबाट पोखरालाई गुरुङ चलचित्रको उर्वरभूमि मानिन्छ । सुरुवातदेखि २७ वर्षसम्मको अवधिमा गुरुङ भाषाका चलचित्र थुप्रै बने र बन्ने क्रमले निरन्तर पाइरहेको छ ।

विसं २०५२ मा गुरुङ समुदायका युवाले काठमाडौँमा रोधी परिवार नामक संस्था स्थापना गरेसँगै गुरुङ चलचित्र निर्माणको जग बसेको हो । नाचगानमा केन्द्रित उक्त संस्था विस्तारै चलचित्रतर्फ मोडियो । संस्थामै आबद्ध केही युवा चलचित्र निर्माणमा जुटे । त्यसमा हुनुहुन्थ्यो, पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङ । लगानीको अभाव भएपछि बुवाआमासँग पैसा मागेर चलचित्र ‘पाते’ (माइली) बनाउन सुरु गरेको उहाँ स्मरण गर्नुहुन्छ । गुरुङ भाषा, संस्कृति अनुसन्धानमा सिङ्गापुरबाट नेपाल आउनुभएकी अनुसन्धानकर्ता मेलिस्सा लिईबाट चलचित्रको शुभमुहूर्त गरिएको थियो ।

यसअघि मगर भाषाको पहिलो चलचित्र ‘लङ्गान’ निर्माण भइसकेको थियो । सोही चलचित्रका निर्देशक युवराज मास्कीमगरले पातेको पनि निर्देशन गर्नुभयो । नायक तथा निर्मातासमेत रहनुभएका प्रितम भन्नुहुन्छ, “चलचित्रमा पाँच लाखको लगानी थियो । लगानी व्यक्तिगत रूपमा गरियो तर तत्काल पैसा उठेन ।” चलचित्र प्रदर्शन भएको झन्डै तीन वर्षपछि लगानी उठ्यो, उहाँले स्मरण गर्दै भन्नुभयो, “त्यो समयमा च्यारिटी सो भन्ने नै हुने थिएन । पालमा बसेर क्यासेट बेच्नेलगायतका उपाय गरिन्थ्यो ।” २०५२ वैशाख २३ गतेबाट छायाङ्कन सुरु गरिएको फिल्म तनहुँको कन्दनी र काठमाडौँ गरी २६ दिनमा छायाङ्कन सकिएको थियो । पाते गुरुङ र नेपाली दुवै भाषामा डबिङ गरिएको थियो । जसले गर्दा गैरगुरुङलाई पनि चलचित्र हेर्न सहज भएको उहाँले सुनाउनुभयो । प्रितमले २०७२ सालमा पाते–२ पनि जनाउनुभयो ।

पूर्ण रूपमा गुरुङ भाषामा निर्माण भएको चलचित्र ‘न्ह्याम्स्यो न्होरी’ (कुहिरोभित्र) हो । मीनबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रलाई लोकबहादुर गुरुङले लेख्नुभएको हो । नृत्य निर्देशनमा बढी चिनिने गोरे गुरुङले ‘विदेशको माटो स्वदेशको पीडा’ जनाउनुभयो । उहाँ यसमा नायकका रूपमा देखिनुभयो । उहाँले नै प्ह«ेछे, वाचाबन्धन, हेर्ने ट जनाउनुभयो । यसरी एकादुई चलचित्र बन्न थालेपछि भाषाभाषिका चलचित्र महìवका साथ हेरिन थालियो । लोकबहादुर  गुरुङ, वेदबहादुर गुरुङ ‘श्याम’ मिलेर ‘ङयोए नासा ट्हो,  हेर्वेट चों, प्ह«ेस्यो, धीं’ नामका गुरुङ चलचित्र जनाउनुभयो । आफ्नो भाषा संस्कृतिलाई देश विदेशसम्म फैलाउने उद्देश्यले वार्षिक रूपमा थुप्रै चलचित्र बन्न थाले । वर्षमा झन्डै १५ जति गुरुङ भाषा, संस्कार संस्कृतिमा आधारित चलचित्र नेपालभर बन्ने गर्छन् ।

आदिवासी चलचित्रमा सबभन्दा बढी गुरुङ भाषाकै चलचित्र बनेको पाइन्छ । झन्डै २७ वर्षको अवधिमा गुरुङ चलचित्रले उल्लेख्य विकास गरेको पनि छ । हालसम्म दुई सयभन्दा बढी हाराहारीमा गुरुङ चलचित्र निर्माण भएका छन् भने केही निर्माणाधीन अवस्थामा पनि छन् । ती चलचित्रको निर्माण गर्ने व्यक्ति र छायाङ्कनसमेत बढी मात्रामा गण्डकी प्रदेशमा हुने गरेको पाइन्छ । गुरुङ चलचित्र र त्यससँग सम्बन्धित चलचित्रकर्मीलाई सहज होस् भनेर २०६५ सालमा गुरुङ फिल्म एसोसिएसन (जिफान) स्थापना गरिएको थियो । यसले गुरुङ चलचित्रको मात्र नभएर कला, संस्कृतिलाई समेत पर्दामा पस्कने काम गरेको छ । गुरुङ समुदायको कला, रीतिरिवाजलाई नयाँ पुस्तामाझ जानकार दिइएको गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष माओत्से गुरुङ जनाउनुहुन्छ ।

पोखरामा यी चलचित्रले च्यारिटी सो गरी लगानी उठाउने गरेको पाइन्छ । एकादुई चलचित्र हलमा क्यु सिस्टम अनुसार प्रदर्शन पनि भएका छन् । गुरुङ चलचित्रको क्षेत्र फराकिलो मात्र नभएर गुणस्तरीय पनि भएको छ । सुरुवातको समयमा एचएस नौ हजार क्यामराबाट खिचेर बजारमा आउने गथ्र्यो । त्यसबेला सम्पादनदेखि डबिङ अत्यन्त झन्झटिलो हुने संस्थापक अध्यक्ष माओत्से गुरुङ जनाउनुहुन्छ । “हिजोको गुरुङ चलचित्र र अहिले धेरै फरक छ,” उहाँले भन्नुभयो । अहिले डिएसएलआर, जिएचफो, सेभेनडी क्यामराबाट डिजिटल रूपमा काम हुने गरेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

६ मिनेट अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

खसी तस्करीमा आएन कमी

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक