काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्। सोमबार बिहान उनीहरूले मन्दिरको दर्शन गरेका हुन्।
हिमानी ट्रस्टको कार्यक्रमका लागि जुम्ला पुगेका उनीहरूले चन्दननाथ मन्दिरको दर्शन गरेका हुन्।
चन्दननाथ उक्त क्षेत्रका इस्टगुरु मानिन्छन्। उक्त क्षेत्रको सामाजिक, आर्थिक तथा साँस्कृतिक उन्नयनका लागि चन्दननाथको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।


