सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अशक्तता भएकाहरूले स्थानीयबाट सेवा नपाएको गुनासो

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
अशक्तता भएकाहरूले स्थानीयबाट सेवा नपाएको गुनासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बझाङ, (बुंगल) । अपांगता तथा अशक्तता भएका व्यक्तिहरूले स्थानीय र प्रदेश सरकारबाट कुनै पनि सेवा तथा सुविधा नपाएको गुनासो गरेका छन्।

नेपाल सरकारले अपांगता परिचयपत्र प्राप्त लाभग्राहीहरूलाई चौमासिक रूपमा १२ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। तर, अपांग नागरिकहरू भन्छन् — यो भत्ताले उनीहरूको जीवन धान्न अपुग भएको छ। उनीहरूका अनुसार, राज्यले चौमासिकरूपमा उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताले मात्र दैनिक जीवन सञ्चालन गर्न असहज भएको छ।

बझाङ जिल्लाको बुंगल नगरपालिका–११ का दृष्टिविहीन राम बोहराले राज्यबाट प्राप्त १२ हजार रुपैयाँको भत्ताले घर खर्च धान्न कठिन भएको बताए। “यो भत्ताले खानपिन मात्र होइन, औषधि उपचार समेत सम्भव छैन,” उनले भने। यस्तै, अर्का स्थानीय अपांग कृष्ण बोहराले स्थानीय सरकार र प्रदेश सरकारका जिम्मेवार निकायसँग पटकपटक समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको बताए। “हाम्रो आवाजलाई कसैले चासो दिएको छैन,” उनले भने। बुंगल नगरपालिकामा अपांग, अशक्त र अशायहरूको संख्या उल्लेखनीय भए पनि उनीहरूले भत्ताबाहेक अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन्। केही वर्षअघि नगरपालिकाको सहयोगमा अपांग कोष स्थापना गरिएको थियो।

वडागत रूपमा चन्दा संकलन गरेर कोष सञ्चालनमा ल्याइएको भए पनि हाल त्यो कोष प्रयोगबिहीन अवस्थामा पुगेको छ। बुंगल नगरपालिका–६ का अपांग गोपाल देवारका अनुसार, “कोष सुरुमा सक्रिय थियो तर अहिले नगरपालिकाको बेवास्ताले यो अलपत्र अवस्थामा पुगेको छ। समस्या राख्दा जनप्रतिनिधिहरूले चासो देखाएका छैनन्।”

यस समस्यालाई स्थानीय स्तरमै सीमित मान्न नहुने अपांग नागरिकहरूको भनाइ छ।उनीहरूका अनुसार, यो समस्या देशभर को हो । र सबै तहका सरकारहरूले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताएका छन् । तर बुंगल नगरपालिकाले यो विषयमा अपांग तथा अशक्त व्यक्तिहरु लाई केही सहयोग गर्छौ भनेर आसपासन दिएको भए पनि कार्यान्वयनमा ल्याउन नसकेको नगरपालिकाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

४ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक