जुम्ला, गुठिचौर । पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्र शाहसँगै जुम्ला पुगेकी छन्।
हिमानी ट्रस्टले गुठिचौर गाउँपालिका–१, मनिसाँघुमा निर्माण गर्न लागेको बर्थिङ सेन्टरको शिलान्यासका लागि उनीहरु जुम्ला पुगेका हुन्। शिलान्यास समारोहमा सहभागी हुन पुगेकी पूर्वयुवराज्ञीलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका छन्।
हिमानीको अध्यक्षतामा रहेको हिमानी ट्रस्टले ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जुम्लामा निर्माण गर्न लागिएको बर्थिङ सेन्टर पनि सोही सामाजिक अभियानअन्तर्गत पर्छ।
पूर्वयुवराज्ञीसँगै राप्रपाका नेता तथा जुम्लाबाट प्रतिनिधिसभा सदस्य रहेका ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै विमान माफर्त खलंगा पुगेका हुन् ।


