काठमाडौं । ‘मेरी बास्सै’का कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ।
दुई वर्षदेखि आन्द्राको क्यान्सरले पीडित गौतमको सोमबार राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ।
गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ।
गौतमले चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा ‘नक्कली प्रचण्ड’का रूपमा चर्चित थिए।
गौतमको पार्थिव शरीरलाई मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।