सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । दलित अधिकारसम्बन्धीमा अध्ययन अनुसन्धान तथा पैरवी  गर्दै आएको संस्था, डिग्निटी इनिशियटिभ, ले  दलित समुदायले आज पनि जातीय भेदभाव, छुवाछुत, हिंसा र दण्डहीनताको दुष्चक्र भोगिरहेको भन्दै दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग गरेको छ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (२१ जेष्ठ) को अवसरमा सार्वजनिक गरिएको एक संक्षिप्त नीति पत्रमा उक्त संस्थाले नेपालको संविधान, कानुन र नीतिगत संरचनाले यस्ता विभेदलाई निषेध गरेको भए पनि  व्यवहारमा भने दलित समुदायले न्यूनतम न्याय पाउन समेत सङ्घर्ष गर्नुपरेको उल्लेख गरेको छ  ।
” नेपालको कुल जनसङ्ख्याको १३.४ प्रतिशत अर्थात् करिब ३९ लाख दलित छन् । तर सरकारी तहमै उनीहरूको प्रतिनिधित्व अत्यन्त न्यून छ – सङ्घीय संसद्मा ७.१८ प्रतिशत, प्रदेशसभामा ५.४५ प्रतिशत, निजामती सेवामा २.३७ प्रतिशत मात्र दलित छन् । सर्वोच्च अदालतमा आजसम्म कुनै दलित न्यायाधीश छैनन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि स्वामित्व, राजनीतिक पहुँचलगायतका सूचकहरूमा दलितहरू अन्य समुदायको तुलनामा धेरै पछाडि छन् । दलित बालबालिकाको साक्षरता दर ६७.२ प्रतिशतमा सीमित छ, तराईका २७.५ प्रतिशत दलित बालबालिकाले त कहिल्यै विद्यालयको मुखसमेत देखेका छैनन्,” नीति पत्रमा भनिएको छ।
विगतमा राजनीतिक परिवर्तनका प्रत्येक चरणमा दलित समुदायको उल्लेख्य सहभागिता रहे पनि उनीहरूले त्यसको उचित मूल्य पाएका छैनन् । २०६३ सालमा छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९ वर्ष बितिसक्दा पनि आज पनि सार्वजनिक ठाउँ, मन्दिर, होटेल, पसल, धारा पोखरी, पूजाआजा जस्ता ठाउँमा उनीहरूलाई निषेध गरिन्छ । यस्ता घटनामा कानुनी प्रक्रिया अपनाउन खोज्दा पीडितमाथि समाजकै विभिन्न तहबाट दबाब, धाक धम्की र अपमान सहनुपर्ने बाध्यता देखिएको छ । कतिपय घटनामा त मुद्दा दर्ता हुनुअघि नै मिलापत्र गराउन दबाब दिने प्रवृत्तिले पनि न्याय प्रक्रियामा अवरोध पुर्‍याएको छ।
जातीय भेदभावको सिकार बनिरहेका दलित महिला र किशोरीहरू यौन शोषण, बलात्कार र त्यसपछि हत्या जस्ता भयावह अवस्थाको सिकार भइरहेका छन् । विशेषतः मधेसी दलित महिला र किशोरीमाथि यस्ता हिंसा झन् तीव्र रूपमा देखिएको छ । यस्तो अवस्था न केवल आपराधिक हो, यो पितृसत्तात्मक सोच र जातीय वर्चस्वको गहिरो छाया पनि हो, नीति पत्रमा भनिएको छ।
डिग्निटी इनिसियटिभले हालै गरेको एक अध्ययनले लुम्बिनी प्रदेशको गत पाँच वर्षको बजेटमा ७२ प्रतिशत जनसङ्ख्या रहेको सीमान्तकृत समुदायका लागि जम्मा ३ प्रतिशत मात्र बजेट छुट्टाइएको देखाएको छ । त्यसमा पनि सबै भन्दा पिँधमा रहेको दलित समुदायका लागि जम्मा ०.१ प्रतिशत मात्र बजेट छुट्टाएको पाइयो।
न्यायिक प्रक्रिया चुनौतीपूर्ण
जातीय भेदभावविरुद्धको मुद्दा फौजदारी अपराध हो, जसमा राज्य आफैँले अभियोग चलाउने कानुनी प्रावधान छ । तर पीडितहरूले प्रहरी र सरकारी वकिलबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । जाहेरी दर्ता गर्न आन्दोलन गर्नुपर्ने, प्रमाण मागिने, मुद्दाको संवेदनशीलता नबुझिने, अनुसन्धान र अभियोजनमा विभेद झेल्नुपर्ने अवस्थाले न्यायप्रतिको विश्वास कमजोर बनाएको छ ।
नीति पत्र मार्फत डिग्निटी इनिशियटिभले निम्न मागहरू गरेको छ:
१. दलित समुदायमाथि हुने जातीय भेदभाव, छुवाछुत, हिंसा र दमनका घटनामा तत्काल, निष्पक्ष र प्रभावकारी अनुसन्धान र कारबाहीको सुनिश्चितता होस् ।
२. प्रहरी, सरकारी वकिल र न्यायालयका पदाधिकारीहरूलाई जातीय विभेदविरुद्धको कानुनी व्यवस्था र पीडित-मैत्री व्यवहारसम्बन्धी अनिवार्य तालिम दिइयोस् ।
३. अन्तरजातीय विवाहको विरोधमा गरिने हिंसा र सामाजिक बहिष्कारलाई शून्य सहनशीलताका साथ हेरी कडा कारबाही होस् ।
४. दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न प्रत्येक जिल्लामा दलित कानुनी सहायता केन्द्र स्थापना गरियोस् ।
५. डिजिटल माध्यममा फैलिरहेको जातीय घृणाविरुद्ध कडा अनुगमन र कारबाही प्रणाली लागू गरियोस् ।
६. दलित महिलामाथि हुने यौन हिंसा र विभेदका घटनामा विशेष ध्यान दिई अनुसन्धान, अभियोजन र पीडित संरक्षण प्रणाली मजबुत बनाइयोस् ।
  “दलित समुदायलाई न्याय प्राप्तिका लागि प्रभावकारी, समानुपातिक र संवेदनशील प्रणाली आवश्यक छ । कानुन बनाउने मात्र होइन, कार्यान्वयन गर्ने प्रणाली सुधार नगरेसम्म दलित समुदायले न्याय अनुभूति गर्न सक्दैनन् । सबै नेपाली नागरिकको समान अधिकार सुनिश्चित गर्न राज्यका सबै तहमा जातीय विभेद र छुवाछुतविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्न जरुरी छ,” डिग्निटी इनिशियटिभका अध्यक्ष रूप सुनारले भने।  उनले सदियौँदेखि कायम दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग पनि गरे।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक