बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सार्वजनिक सवारी सञ्चालन नभएपछि यात्रु अलपत्र

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
सार्वजनिक सवारी सञ्चालन नभएपछि यात्रु अलपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। सरकार र यातायात व्यवसायीबिचको वार्ता सहमतिउन्मुख बनेको छ । आन्दोलनरत यातायात व्यवसायी, गृह मन्त्रालय र कार्यदलसँगको दिनभर पटक पटक भएको छलफलपछि साँझ अबेर दुईपक्षबिचको वार्ता सहमतिनजिक पुगेको हो ।

रातो नम्बर प्लेट भएका चारपाङ्ग्रे निजी सवारीसाधनले पनि कालो प्लेट सरह यात्रु चढाउने व्यवस्थाको विरोधमा सार्वजनिक यातायात व्यवसायीले सातबुँदे माग राखी चरणबद्ध आन्दोलन सुरु गरेका थिए । देशभर सार्वजनिक यातायात सञ्चालन भएनन् ।

सातबुँदे मागमध्ये छ बुँदामा सहमति जुटे पनि गण्डकी प्रदेश सरकारले २०८२ जेठ १ गते राइड सेयरिङ नियमावली राजपत्रमा प्रकाशन गरी निजी सवारीसाधन (रातो प्लेट) लाई भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालन गर्न दिने नयाँ व्यवस्था कार्यान्वयन तत्कालै रोक्नुपर्ने मागमा सहमति जुट्न सकेन । यस विषयमा उक्त नियमावली कार्यान्वयन स्थगित गर्न कार्यदलले भौतिक मन्त्रालयलाई पत्राचार गर्ने र सो मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरी प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई नियमावली स्थगन गर्न अनुरोध गर्ने सहमति भएको छ । यद्यपि उक्त ऐन स्थगन नहुँदासम्म आन्दोलन जारी रहने महासङ्घले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधन सञ्चालन नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाभित्र सञ्चालन हुने स्थानीय सार्वजनिक सवारी पनि सञ्चालन नभएपछि यात्रु अलपत्र परेका छन् । सार्वजनिक यातायात ठप्प भएपछि सरकार र व्यवसायीबिच पटक पटक वार्ता भएको थियो । गृहमन्त्री लेखक,मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिसँगको पहिलो चरणको वार्ता असफल भएको थियो । लगत्तै व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा हुनुहुन्छ ।

व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठजना कार्यदलमा हुनुहुन्छ । गण्डकी प्रदेश सरकारले २०८२ जेठ १ गते राइड सेयरिङ नियमावली राजपत्रमा प्रकाशन गरी निजी सवारीसाधन (रातो प्लेट) लाई भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालन गर्न दिने नयाँ व्यवस्था ल्याएपछि व्यवसायीले देशभर आन्दोलन गरेका हुन् । नयाँ व्यवस्था तत्काल खारेज हुनुपर्ने व्यवसायीको माग छ ।

सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ऐन ल्याउने तयारी गरेको र गण्डकी प्रदेशले राजपत्रमा प्रकाशित गरिसकेकाले आन्दोलन गर्न बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जनाउनुभयो ।

पठाओ र इनड्राइभलाई कारबाही

सार्वजनिक यातायात बन्दको फाइदा उठाउँदै मनलाग्दी भाडा लिएर अफलाइनमा यात्रु ओसारेका पठाओ र इनड्राइभका १०२ जनालाई कारबाही गरिएको छ ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

४ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक