बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home मौसम

मनसुनी वर्षाले ७७ वटै जिल्लामा क्षति गर्ने सम्भावना

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
मनसुनी वर्षाले ७७ वटै जिल्लामा क्षति गर्ने सम्भावना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। मनसुनी वर्षासँगै बाढी, पहिरो, डुबान तथा दुर्घटना जस्ता प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै जिल्लामा विपत् सूचक तयार गरिने भएको छ । सम्भावित विपत्को पूर्वतयारीका लागि प्रभावकारी सूचना प्रणाली विकास गरी जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित एक लाख ७० हजार विपत् सूचक तयार गर्न लागेको हो । यस क्रममा सशस्त्र प्रहरीले पहिलो चरणमा तीन हजार छ सय जनाभन्दा बढीलाई विपत् स्वयंसेवक तालिमसमेत प्रदान गरिसकेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सम्भावित विपत्को जोखिमलाई कम गर्न स्थानीय समुदायको सहभागितामा विपत् सूचकको व्यवस्था गर्न लागिएको हो । थापाका अनुसार समुदायस्तरमा विपत्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रूपमा कार्य गर्ने उद्देश्यले विपत् सूचकको व्यवस्था गर्न लागिएको हो ।

यसका लागि सशस्त्रले आफ्ना सबै बाहिनी मुख्यालयमा यही जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै स्थानीय तहका वडामा २५ जनाका दरले विपत् सूचक समूह निर्माण गर्ने छ । थापा भन्नुहुन्छ, “देशभरका छ हजार ७४५ वडामा २५ जनाका दरले एक लाख ६८ हजार ५७५ जना विपत् सूचकमार्फत सम्भावित प्राकृतिक तथा दैवी प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न सहज हुने छ ।” उहाँले घटनाको समयमै सूचना प्राप्त गरी खोज, उद्धार र पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले विपत् सूचक तयार गर्न लागिएको पनि जानकारी दिनुभयो ।

विपत्सम्बन्धी तत्काल सूचना प्राप्त भएपछि सोही अनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्धारमा सहज हुने विश्वास लिएको सशस्त्र मुख्यालयले जनाएको छ । यसै गरी विपत् सूचक समूह तयार भएपछि उनीहरूलाई विपत् सचेतनामूलक प्रशिक्षण प्रदान गर्ने तथा विपत् ‘सिमुलेसन अभ्यास’ मा सहभागी गराउने तयारी रहेको पनि सशस्त्रले जनाएको छ ।

विपत्को जोखिम न्यूनीकरणका लागि सशस्त्रले समुदायस्तरमा विपत् उद्धारक तयार गर्न थालेको छ । जस अनुसार यसै वर्ष सात वटै प्रदेशमा करिब एक हजार समुदाय विपत् उद्धारक तयार गर्ने योजना छ । यसको तयारी स्वरूप सशस्त्रले मातहत कार्यालयमा विपत् उद्धारक स्वयंसेवक तालिमसमेत सुरु गरेको थापाले जानकारी दिनुभयो । समुदाय विपत् स्वयंसेवक उत्पादनका लागि सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले १८ दिनको तालिम प्रदान गर्ने छन् ।

सशस्त्र प्रहरी बलका प्रदेश मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम सञ्चालन सुरु गर्ने र बाँकी १४७ वटा तालिम आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

हाल सशस्त्रको २३ नम्बर मनकामना गण तनहुँबाट समुदाय विपत् स्वयंसेवक तालिम सुरु भई ५८ जना प्रशिक्षार्थी सहभागी रहेको पनि थापाले जानकारी दिनुभयो । स्थानीय निकाय र स्थानीय प्रशासनको समन्वयमा अतिरिक्त जनशक्ति तयार गर्ने र उनीहरूलाई आवश्यक विपत् उद्धारका सामग्री उपलब्ध गराउने तयारी छ ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

४ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक