शनि, बैशाख १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एआईजी पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एआईजी पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस भए ।

बिहीबार बढुवा सिफारिस समितिले ठाडामगरलाई एआईजी बढुवाका लागि सिफारिस गर्‍यो । बढुवाका लागि पहिलो नम्बरका डीआईजी कमल गिरी, ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए ।

तर उनीहरुलाई पछि पार्दै दोस्रो नम्बरका ठाडामगर एआईजीमा सिफारिस भए । एआईजी बढुवामा पहिलो नम्बरका डीआईजी गिरी र दोस्रो नम्बरका ठाडामगरबीच मुख्य प्रतिस्पर्धा थियो ।

गिरीलाई सत्ताको नेतृत्व गरेको दल एमालेले एआईजी बनाउन चाहेको थियो । ठाडामगर भने कांग्रेसमार्फत बढुवाका लागि लविइङमा थिए । दुई शक्तिकेन्द्रबीच रस्साकस्सी हुँदा डेढ महिनासम्म एआईजी बढुवा सिफारिस हुन सकेको थिएन ।

बिहीबार बिहान बुढवा सिफारिस समितिको बैठक बसेको थियो । त्यतिबेलासम्म एआईजी बढुवामा सिफारिस टुंगोमा पुग्न सकेन । कांग्रेस र एमाले आ–आफ्नो अडानमा थिए ।

बुढानीलकण्ठबाट दबाब आएपछि बिहीबार साँझ पुनः बढुवा सिफारिस समितिको बैठक बसेर ठाडामगरलाई सिफारिस गरेको स्रोतले बतायो ।

‘पहिलादेखि नै उहाँहरूबीच चर्को प्रतिस्पर्धा थियो । आ–आफ्नो ठाउँबाट लविइङ पनि हुने भयो । अन्ततः दोस्रो नम्बरका ठाडामगर बढुवा हुन सफल हुनु भयो,’ सशस्त्र प्रहरी स्रोत भन्छ ।

ठाडामगर एसएसपीसम्म पहिलो नम्बरमा थिए । एसएसपीबाट डीआईजी बन्ने बेला उनी दोस्रो नम्बर पुगे र पहिलो नम्बरमा कमल गिरी पुगे । उनले अहिले पहिलो नम्बरका गिरीलाई उछिन्दै बढुवामा बाजी मारे ।

ठाडामगर अब भावी आईजीपीका मुख्य दाबेदार हुने पक्का भएको छ । अहिलेकै अवस्था अनुसार उनी २०८४ मा आईजीपी बन्ने प्रबल सम्भावना छ ।

विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । अहिलेकै व्यवस्थाअनुसार उनीहरू जो आईजीपी भए पनि २२ महिना कमाण्ड गर्नेछन् ।

१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा भएका ठाडामगर सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना बलियो छ ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

२२ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

कूटनीतिक दिवस आज मनाइँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक