सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भिजिट भिसा प्रकरणमा १ हजार बढी पीडितका प्रमाण

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
भिजिट भिसा प्रकरणमा १ हजार बढी पीडितका प्रमाण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूका प्रमाणहरू चौबिस घण्टामै एक हजारभन्दा बढी संकलन भएको दाबी गरेका छन् ।

आफ्नो पार्टीका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यति ठुलो संख्यामा प्रत्यक्ष पीडितहरूको विवरण प्राप्त भएको उनले सुनाए ।

“बुधबारदेखि सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, म लगायतका सांसद र साथीहरूले सामाजिक सञ्जालमार्फत आह्वान गरेका थियौँ,” झाले भने, “तपाईंहरूसँग कुनै प्रमाण छन् भने पठाइदिनुहोस् भनेका थियौँ । २४ घण्टामै एक हजारभन्दा बढी प्रमाण आइपुगे ।”

उनका अनुसार ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश गएका क्रममा ठगिएको, बलात्कृत भएको, बाकसमा फर्कनु परेको, वा ठूलो रकम बुझाएर पनि काम पाउन नसकेको विवरणहरू समेटिएका छन् । “मानिसहरू पीडामा छन्, लुटिएका छन्। कसैले नबोल्ने हो भने नागरिकले कहिल्यै न्याय पाउँदैन,” झाले भने ।

गत पाँच वर्षमा मात्र सात लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको र त्यसमध्ये २० हजारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले उल्लेख गरे ।

झाले यो अभियान कुनै ‘व्यक्तिगत प्रतिशोध’ नभई सुशासन र नागरिक हितका लागि गरिएको जनाए । “हामीले गृहमन्त्रीप्रतिको व्यक्तिगत आक्रोशका आधारमा हैन, प्रणाली सुधारका लागि यो पहल गरेका हौं,” उनले भने ।

सांसद झा लगायत रास्वपाका नेताहरूले संकलित प्रमाणहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेका छन् । उनीहरूले यस विषयमा थप सत्यतथ्य सार्वजनिक गर्दै गम्भीर अनुसन्धान र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

४ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक