काठमाडौं। अर्बुद रोगबाट पीडित वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ ।
उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको हो । उनको गोकर्णेश्वर घाटमा आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय चालिसेका दुई छोरा र एक छोरी छन् । गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनी प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष हुन् ।
चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित भएका छन् ।