प्रतिनिधसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सभामुखले सभा सञ्चालन गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेका हुन् ।
त्यसपछि सभामुखले दलीय आधारमा बोल्न दिने भन्दै बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्र्षी दलले अवरोध कामै राखेपछि समाभुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
आज ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिला बसेको थियो । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा गृहमन्त्री रमेश लेखक लगायतले भेट गरेका थिए ।