बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
गठबन्धन सरकार पूर्णतरूपमा असफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने जनाएका छन् ।

उनले गत चैतमा गरेको प्रदर्शन जस्तै जति नै ठूलो भिड भएपनि कार्यक्रम आयोजकको नियन्त्रणमा हुने जनाएका छन् ।

प्रदर्शनकाे विषयमा सम्पादकहरुसँगको अन्तरक्रिया गर्दै उनले भने, ‘हाम्रो आन्दोलन पूर्णरुपले शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ । हाम्रोतर्फको हिंसा भड्काउने कुनै पनि क्रियाकलाप नहुने जनाए ।’

यस्तैगरी, उनले चक्रपथबाहिर सरकारले आन्दोलन गर्न भनेको विषयमा प्रष्टीकरण दिँदै बाहिर गर्दा प्रभाव र दबाब सिर्जना नहुने भएकाले रत्नपार्कमा गर्ने घोषणा गरिएको बताए ।

लिङदेनले यस्ताे भनाइ राखे :

हामीले यो कार्यक्रमको लागि स्वीकृति किन लिइराख्नु पर्दैन भने हामीले कुनै मञ्च खडा गरेर सभा गर्दैनौं । हामीले शहरभरी प्रदर्शन गर्ने हो । तर हामीले केन्द्र रत्नपार्कलाई किन बनाएका छौँ भने त्यहाँ गर्यौँ भने धेरै आवागमनलाई पनि असर गर्दैन । हामीले भित्रै गर्नुपर्छ । बल्खुमा गरेर, बालाजुमा प्रदर्शन गरेर विरोध पनि हुँदैन दबाब पनि सिर्जना हुँदैन । मुख्य शहरभित्रै गर्नुपर्छ र रत्नपार्कमा गर्ने भनेर घोषणा गरेका छौं ।

हामीले त्यहाँ कार्यक्रम गर्ने भनेर घोषणा गर्यौँ । र त्यसपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई पनि त्यही नजिकै भेला हुुनु भनेर जुन मुठभेड निम्त्याउने क्रियाकलाप अगाडि बढेको छ । गलत छ ।

२०४६ सालमा पनि परिवर्तन आउँदा पनि चुनावबाट भएको होइन । ०६२÷६३ मा पनि परिवर्तन आउँदा चुनावबाट होइन । जनताबाटै आएको हो । त्यसैले आधारभूत तहमै परिवर्तन ल्याउन आन्दोलन नै चाहिने भएकाले हामीले जनआन्दोलनको घोषणा गरेका हौं । यो जनआन्दोलन विगतका आन्दोलन भन्दा फरक हुन्छ । अघिल्ला आन्दोलनहरुमा हिंसात्मक भए । धेरैको ज्यान गयो । यो सत्याग्रहको रुपमा हुनुपर्ने भनेर सडकको बाटो पक्रेका छौं ।

कतिपयले यो व्यवस्थाको विरोध गर्ने र दोहोरो सुविधा पनि लिने भनेर सोधिरहनुभएको हुन्छ । यसलाई पनि आन्दोलनकै एउटा पार्टको रुपमा लिन पनि आग्रह गर्छौं । यो पनि आन्दोलनको पार्ट हो भनेर कसरी भन्न सक्छु भने यदि हामी संसदमा थिएनौ भने यसरी यो तहको आन्दोलन गर्न सक्ने अवस्था आउन सक्ने थिएन ।

हाम्रो आन्दोलनमा विश्व समुदायले निरपेक्ष भएर अवलोकन गरोस् । र कुनै पनि प्रकारको हस्तक्षेप नगरोस् भन्ने हाम्रो चाहना राख्छौं । स्वभाविकरुपमै हिजो विदेशीकै संलग्नतामा भएको १२ बुँदे सहमति र त्यसको जगमा उठेको आन्दोलन र त्यसपछि मुलुकमा भित्रिएको संघीयता र धर्म निरपेक्षताका रुपमा भनिराख्नु पर्दैन । उनीहरुले आफ्नो गल्ती सुधारे भने हामी खुशी हुन्छौं ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

१० घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक