शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको असमानता प्रतिवेदन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
नेपालको असमानता प्रतिवेदन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

 

काठमाडौं। नेपाल गैरसरकारी संस्था महासंघले आगामी वर्षहरूमा नागरिक समाजको सामूहिक पहलकदमीलाई मार्गदर्शन गर्ने रणनीतिक योजना तथा असमानतासम्बन्धी व्यापक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

महासंघको आयोजनामा सम्पन्न एक विशेष समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ गर्न र सामाजिक-आर्थिक संरचनामा व्याप्त असमानता अन्त्य गर्न नागरिक समाजको भूमिकालाई औपचारिक र सशक्त बनाएको छ।

सार्वजनिक गरिएको ‘नेपालको असमानता सम्बन्धी प्रतिवेदन २०२५’ ले शिक्षा, स्वास्थ्य, न्याय, जीविकोपार्जन, बसोबास र राजनीतिक सहभागिता जस्ता क्षेत्रहरूमा रहेको पहुँच असमानता औंल्याउँदै संरचनागत विभेदका जरा उखेलेर समावेशी लोकतन्त्रको बाटो बनाउनु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरेको छ।

उक्त प्रतिवेदन सन् २०१९ देखि गरिएका तथ्यांक विश्लेषण, क्षेत्रीय परामर्श र विभिन्न सरोकारवालासँगको अन्तरक्रियाको परिणामस्वरूप तयार पारिएको हो। महासंघले यसलाई नीतिगत संसोधन, बहस र कार्ययोजना निर्माणका लागि आधार दस्तावेजको रूपमा लिन आग्रह गरेको छ।

कार्यक्रममा ‘रणनीतिक योजना २०२८’ र ‘दिगो विकास लक्ष्य (SDGs) सँग मेल खाने दीर्घकालीन योजना २०३०’ समेत सार्वजनिक गरियो। यी योजनाले नागरिक समाजको दिगो विकास यात्रामा सहकार्य, जवाफदेहिता र समावेशीतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने दृष्टिकोण अघि सारेका छन्।

महासंघले हाल सरकारद्वारा संघसंस्था सम्बन्धी ऐन निर्माणको तयारी भइरहेका बेला नागरिक संस्थाको स्पष्ट धारणाका साथ ‘पोजिसन पेपर’ प्रमुख दलहरूलाई हस्तान्तरण गर्दै नीति निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

कार्यक्रममा महासंघका वरिष्ठ नेताहरू, नागरिक अभियन्ता, सञ्चारकर्मी, नीति निर्माता र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। समावेशी, न्यायपूर्ण र सशक्त लोकतन्त्र निर्माणका लागि नागरिक समाजको पहलकदमी अब दस्तावेजमा मात्र सीमित नरहने र कार्यान्वयनमै केन्द्रित हुने विश्वास व्यक्त गरिएको छ।

महासंघका अध्यक्ष अर्जुन कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै लोकतन्त्र सुदृढीकरणमा नागरिक समाजको खबरदारी र ऐक्यबद्धताका लागि व्यापक आह्वान गरिएको थियो। अध्यक्ष भट्टराईले लोकतन्त्रको मियो भनेकै सशक्त नागरिक सहभागिता रहेको स्पष्ट पार्दै संस्थागत अभियानलाई अझ संगठित बनाउनु अपरिहार्य रहेको बताए।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

१५ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक