काठमाडौ । सहकारीको ऋण नतिरी फरार भएका आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले दिगो पर्यटन सहकारी संस्था लिमिटेको कर्जा लिएर नतिरेको पाइएको प्रहरीले जनाएको छ ।
उक्त कसुरमा २७ असार २०८० मा उनीविरुद्ध साढे ११ लाखको बिगोको फैसला सुनाइएको थियो । तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

