शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी ९भाजपा० का वरिष्ठ नेता विजय जोलीले हिन्दु राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको जनाएका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता जोलीले सो कुरा जनाएका हुन् ।

इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन् । उनले आफ्नो भ्रमणको क्रममा नेपाली जनताको भावनालाई बुझ्ने मौका पाएको भन्दै भने– ‘नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म त्यसमा साथ दिन तयार छु ।’’

नेपालका ८१ प्रतिशत हिन्दु जनताले नेपालमा हिन्दु राष्ट्र चाहने बताउँदै उनले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए । उनले जनताको यो मूल भावनालाई ध्यानमा राखेमा देशको लोकतन्त्र झन् बलियो हुने जनाए ।

यो चार दिनको भ्रमणमा नेपाली जनताको भावना थाहा पाएको बताउँदै उनले यसमा यहाँका राजनीतिक दलले पुनःविचार गर्ने हो कि भन्ने आशा आफूमा रहेको जनाए ।

उनले सन् २०२१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा प्रभु रामको जन्म भएको भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै भने, ‘राम मन्दिर निर्माणको सन्दर्भमा ओलीले दिएको निर्देशन मेरो मस्तिष्कमा अझै ताजै छ । नेपाल–भारतको साझा सांस्कृतिक मूल्यमान्यता गहिरो छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिइसकेको बताउँदै उनले नेपालको लोकतन्त्र जनताको भावना अनुरूप हिँड्न सके अझ सुदृढ हुने विश्वास व्यक्त गरे । राजनीतिक दलहरूले यसमा पुनः विचार गर्नुपर्ने सुझाव पनि उनले दिए ।

नेपाल–भारत सम्बन्धबारे कुरा गर्दै उनले विगतका घटनाहरूलाई स्मरण गरे । ‘भूकम्पको बेला भारतले सबैभन्दा पहिला सहयोग गर्‍यो । नेपालले भारतलाई पीडा पर्दा साथ दिएको छ,’ उनले भने । पहालगाममा भएको आतङ्कवादी हमलापछि नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको घटनाको चर्चा गर्दै जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको कदम महत्त्वपूर्ण रहेको जनाए ।

भारतको अयोध्यामा राम मन्दिर बनेपछि स्थानीय आर्थिक विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘त्यस्तो विकास नेपालमा पनि सम्भव छ, यदि सांस्कृतिक आत्मपहिचानलाई सम्मान गरियो भने ।’ पहलगाम आतङ्कवादी हमलाबारे टिप्पणी गर्दै उनले भने, ‘२६ निर्दोष व्यक्तिलाई धर्मको आधारमा मारिएको थियो । ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारेजस्तै नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई समाप्त पार्नुहुन्छ ।’

नेपालसँगको आत्मीय सम्बन्धप्रति गहिरो सम्मान व्यक्त गर्दै उनले भने, ‘मैले २० वर्षमा २२ पटक नेपाल भ्रमण गरिसकेको छु । नेपाल आएपछि यहाँको माटोको टिका लगाउँछु । मभित्र नेपालसँगको पुरानो सम्बन्धको आभास हुन्छ ।’

यो पनि पढ्नुहोस्

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

५ घण्टा अगाडि
अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक