सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारमा भन्दा जनता तिर बढी केन्द्रीत : प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सरकारमा भन्दा जनता तिर बढी केन्द्रीत : प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको जनाएका छन् ।

मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफूहरू सरकारतिर भन्दा जनता तिर बढी केन्द्रीत भएको बताए ।

‘हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ । चिन्ता सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, यसमा मात्रै हो । उनले भने– जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउनेतिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ ।’

सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए । प्रचण्डले वर्तमान सरकार आफ्ना गलत गर्नेलाई पनि बचाउने र अरुका सामान्य नाम जोडिएका भएपनि विरोधीलाई छानीछानी कारवाही गर्ने पक्षमा देखिएकोले त्यतातिर पनि ध्यान दिइरहेको जनाए ।

नेपालमा भारत र चीनका नेताहरूको दौडधुपबारे प्रचण्डले सगरमाथा संवाद केन्द्रीय आगमन भएकोले अन्यथा लिन नहुने बताए । सरकारले बोलाइएको हुनाले आएका हुन्, चिनबाट मात्रै होइन्, भारत र अन्य देशबाट पनि धेरैको सहभागिता संवादमा भएको होला, यसलाई अन्यथा लिनु हुँदैन उनले थपे ।

उनले छिमेकी हुनुको नाताले अझ धेरै आका होलान्, त्यसलाई त्यसरी नै बुझौँ । वाम एकता बारे पत्रकारले सोधेको प्रश्नमा उनले २०८४ को चुनावसम्म संभावना नरहेको जनाए । एकताकै लागि प्रयास गरियो, एक पनि भइयो, पार्टी एकीकरण नै गरियो, तर नराम्रोसँग धोका खाइयो, हामीभन्दा बढी जनतालाई धोका भयो, केपी जीसँग मिल्ने चाहना तत्काल संभव छैन् ।

प्रचण्डले हुलाकी राजमार्ग केन्द्रीय जागरण अभियान असाधारण रूपले सफल भएको जनाए । गरिब, मजदुर, मधेसी, थारु सहीतका विपन्न समुदायको बसोबास क्षेत्रमा पुगेर जनतासँग जोडिनु माओवादीका लागि ऐतिहासिक सफलता भएको हो, उनले भने– अभियानका क्रममा १ करोड बढीसँग प्रत्यक्ष भेटघाट भयो ।

उनले डडेल्धुराबाट शेरबहादुर देउवालाई फोन गरेको र देउवाले स्वागत भनेको जनाए । प्रचण्डले हुलाकी राजमार्ग जागरणसँगै मध्यपहाडी लोकमार्गमा हुने अभियानका लागि पनि सकारात्मक मावल तयार भएको जनाए।  प्रचण्डले डडेल्धुरालाई राम्रो जिल्ला र सुन्दर जिल्लाको संज्ञा दिए । मिठो चिसो, यतिराम्रो हावापानी र हरियाली साथै उत्पादनको पनि प्रचुर संभावना धेरै राम्रो लाग्यो प्रचण्डले भने । उनले पहाडको जनसंख्यालाई रोक्न उत्पादन र अवसरका विषयमा राज्यले ध्यान दिनु पर्ने जनाए ।

सुदूरपश्चिमलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले इन्चार्ज नै सिनियर नेतालाई जिम्मा दिएको, पार्टी सत्ताको अवसरमा पनि सुदूरपश्चिमलाई अनिवार्य स्थान दिने गरेको बताए । माओवादीले सुदूरपश्चिमलाई कति ध्यान दिन्छ, धेरै प्रमाणित कुरा छन्, उनले भने– तर पार्टीमा कहिलेकहिँ समस्या जस्तो देखिएपनि त्यो विधीवत रुपमै टुंगिसेकोले अब अब चाहि सुदूर पश्चिमले गति लिन्छ ।

अर्को प्रसंगमा प्रचण्डले संक्रमणकालिन न्यायको विषयमा सरकार गम्भीर हुनु पर्ने धारणा राखे । समझदारीको आधारमा, विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै पीडितहरुलाई ध्यानमा राखेर समाधान गरिनु पर्नेमा उनले जोड दिए । प्रचण्डले पार्टी उपाध्यक्ष, महासचिवसहितका नेताहरुलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गराएका हुन् । सम्मेलन प्रेस सेन्टरले आयोजना गरेको हो । मध्यपहाडी लोकमार्गको उद्‌घाटन माओवादीले वैतडीको पाटनबाट सुरु गर्दै छ । समापन सोलुखुम्बुको सोलु पुगेर गर्ने निर्णय माओवादीको छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किदै

सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर

६ मिनेट अगाडि
बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न

बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक