काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे (फोनपे)को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको यो बैंक नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंक समेत बनेको छ ।
यस अन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ ।
उक्त सुविधाको विस्तार सँगै परम्परागत रूपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरू गरिसकेको छ ।
यससेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरूले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रूपमा भुक्तनी गर्न सक्नेछन् ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।