शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौ उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौ उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।

मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौँ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फाष्ट ट्रयाक अन्तरगत अगाडि बढेको छ ।

काठमाडौँ उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पुर्‍याउने मन्त्री यादवको उदेश्य र लक्ष अनुसार आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।

काठमाडौँ उपत्यकावासी सहित चक्रपथ बाहिरका क्षेत्रहरूका नागरिकलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत मेलम्चीको खानेपानी वितरणका लागि सञ्जाल निर्माणको फाष्ट ट्रयाक अन्तरगत प्रक्रिया सुरु भएको मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्चीको पानी चक्रथप बाहिरका क्षेत्रमा रहेका नागरिकलाई बितरण गर्ने मेरो उदेश्य अनुसार प्रक्रिया सुरु भएको छ । लामो समयदेखि पानी बितरणका लागि थालेको मेरो प्रयासले बल्ल सार्थकता पाउँदैछ ।”

काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको ऋण सहयोगमा शुरू गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) टिकाबहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्री ज्युको लामो मिहीनेत पश्चात अहिले हामी चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत अब मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माणको तयारीमा जुटेका छौँ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसहेको छ ।”

आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१ दशमलब ३० किलोमिटर, कीर्तिपुर, काठमाडौँ र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५ दशमलब ९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८ दशमलब १५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २०० दशमलब २३ किमी र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९ दशमलब ७४ किमी गरी कूल ८७५ दशमलब ४ किमी खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको आयोजना उपनिर्देशक एवं प्रवक्ता ई विकेश बधानथाछेले बताउनुभयो ।

उहाँका अनुसार जसअन्तर्गत वितरण सञ्जालका ८२८ दशमलब ९२ किमी पिइपाइप र ४६ दशमलब ४८ किमी डिआई पाइप बिच्छ्याइनेछ ।

यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, ठिमी, कपन, जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा बर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रमुख चौधरीले बताउनुभयो ।

उहाँका अनुसार आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण शुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मन्त्री यादवको प्रयास एवं निर्णय अनुसार काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि पिआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।

यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौँ उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौँ उपत्यकाका विभिन्न नौँ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किमी पाइपलाइन विच्छाउने कार्य समेत सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यकावासीलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले पाँच ठूला प्याकेजमा खानेपानी वितरण सञ्जाल सुधार गर्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक