शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएलाई एकताबद्ध बनाउन संस्थापक तथा पूर्व अध्यक्षले दिए सुझाव

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
एनआरएनएलाई एकताबद्ध बनाउन संस्थापक तथा पूर्व अध्यक्षले दिए सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई वास्तविक एकताका साथ एनआरएनको अभियानलाई अघि बढाउन सुझाव दिएका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि गठित उच्चस्तरीय समितिमासमेत रहेका महतो र लामिछानेले  एकताको महाधिवेशन भने  बहिष्कार गरेका थिए । तर, महेश कुमार श्रेष्ठ नेतृत्वको सिङ्गो कार्यसमिति होटेल हायातमा भएको महाधिवेशनबाट सर्वसम्मत चयन भएपछि पहिलो पटक सिङ्गो कार्यसमितिलाई महतोले आफ्नै निवासमा बोलाएका थिए । सो भेटमा लामिछाने पनि सँगै थिए भने अर्का पूर्व अध्यक्ष भवन भट्ट अधिवेशनदेखि नै श्रेष्ठ सँगसँगै रहेका छन् ।
भेटमा महतोले एनआरएनका सही योद्धा भन्दै सम्बोधन गरे । उनले सबैले इगो त्यागेर एकताको वातावरण बनाउनका लागि अहिलेका साथीहरूले भूमिका निर्वाह गर्नु पर्ने  बताए । सबै एनआरएनहरू एक ठाउँमा नआउँदा सम्म प्राप्त उपलब्धि पनि संस्थागत नहुने र आगामी दिन झनै अप्ठेरो हुनेतर्फ उनले सचेत गराएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । ‘नेगेटिभिटी र  इगो त्यागेर संस्थालाई व्यक्तिभन्दा माथि राख्न उहाँले  आग्रह गर्नुभयो ।’ महतोको भनाई उद्धृत गर्दै प्रवक्ता गौतमले भने  ।
भेटका क्रममा अनलाइन भोटिङको आफूले सबैभन्दा पहिला विरोध गरेको स्मरण गराउँदै महतोले नेपालको हितका लागि पनि सबै काठमाडौँमा जम्मा भएर अधिवेशन गर्ने पक्षमा आफू रहेको बताए ।
विगतमा तीन अध्यक्ष हुँदा होटेल हिमालयको प्रसङ्ग कोट्याउँदै सर्वसम्मत भएकाले आफू त्यहाँ सहभागी भएको र चुनावमा अहिलेसम्म आफूले कसैलाई भोट नहालेको उनले बताएका थिए । उनले अहिले पनि केही साथीहरू बाहिर रहेको  बताउँदै एकताको वातावरण बनाउनका लागि श्रेष्ठ नेतृत्वले त्यसमा बढी पहल गर्नु पर्नेमा जोड दिए । उनले आफू होटेल हायातमा नगएको बताउँदै अरू साथीहरूले अक्टोबरमा गर्न लागेको अधिवेशनमा पनि सहभागी नहुने प्रस्ट पारे । ‘अहिले साथीहरू आउनु भयो, तपाईंहरुलाई शुभकामना दिन्छु, जुन दिन सबै साथीहरू एक भएर आउनुहुन्छ त्यसपछि मात्रै बधाई दिन्छु,’ महतोले भने ।  एकताको वातावरण बनाउनका लागि एनआरएनसम्बन्धी  अदालतमा विचाराधीन सबै मुद्दाहरू फिर्ता लिएर सहमतिको वातावरण बनाउन उनले सबैलाई अपिल पनि गरे । अदालतको परमादेशपछि एनआरएन सचिवालयबाट तीन जना अध्यक्षहरूको फोटो हटाइएको विषयमा बद्री केसीले गल्ती गरेको उनले टिप्पणी गरे ।
‘गल्ती सबैबाट भएको छ, अब एनआरएनएको विषय ‘इनफ इज इनफ’ । सबै एक ठाउँमा आउने वातावरण बनाउन पहल गरौँ,’ महतोको भनाई थियो ।
‘इगो त्यागेर एकताको वातावरण बनाउनुपर्नेमा जोड’
सोही अवसरमा पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएको अहिलेको अवस्था आउनुमा आफूहरू पनि दोषी रहेको स्वीकार गर्दै अब सबैले इगो त्यागेर एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अब पनि इगो त्यागिएन भने महाभारतमा यदु वंशीको विनाश भएको जस्तै एनआरएन पनि सकिन्छ ।’ साथै उनले तमाम समस्या समाधानको एउटै उपाय भनेको वार्ता र संवाद भएको उल्लेख गर्दै त्यसका लागि पहल थाल्न श्रेष्ठलाई आग्रह गरे ।
यस्तै, पूर्व अध्यक्ष भवन भट्टले सबै साथीहरू एक ठाउँमा आउने वातावरण बनाउन अपिल गरे ।एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले अझैँ  एकताको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए  । अहिले धेरै कुराहरू सहज अवस्थामा रहेकाले संस्थाको साख बचाउन पनि सबै मिल्नुको विकल्प नभएको उनले बताए ।
उच्चस्तरीय समितिका  सदस्य कुल आचार्यले एनआरएनभित्रको उतारचढावमा आफूहरू सबैको भूमिका रहेको स्वीकार गर्दै अहिले विवाद कम भएको रूपमा व्याख्या गरे । साथै उनले विवाद निरूपण गरी अहिलेको समस्याबाट निकास दिन संस्थापक र पूर्व अध्यक्षहरूले दिने गरी भूमिका खेल्न आग्रह पनि गरे ।
नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले पहिलो बैठकले नै एकताको आह्वान गरेको स्मरण गर्दै सबैलाई साथ लिएर हिँड्ने गरी आफूले तयारी गरिरहेको बताए । उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएकाले कानुनी झमेलामा नपर्ने बताउँदै एकताका लागि डा बद्री केसी र डा हेमराज शर्मासँग अनौपचारिक तरिकाले कुराकानी भइरहेको बताए । उनले यस विषयमा छिट्टै औपचारिक रूपमै अघि बढ्ने बताए । संस्थापक र पूर्व अध्यक्षहरूकै सुझाव अनुसार आफ्नो कार्यसमितिले एकताको वातावरण बनाउने प्रतिबद्धता पनि श्रेष्ठले जनाए ।  कार्यक्रमको सहजीकरण महासचिव बीआर लामाले गरेका थिए ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

४ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक