शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुपन्देहीमा रविविरुद्धको उजुरी नै नक्कली !

जाहेरवालाबाटै जाहेरी अस्वीकार, मुद्दा फिर्ता लिन तयार भएको दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सरकारले राजनीतिक इगो साँध्ने गरी आफूलाई निशाना बनाइरहेको दाबी गर्दै आएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको भनाइलाई पुष्टि हुने गरी सहकारी पीडित भनिएका व्यक्तिबाट स्पष्टीकरण सार्वजनिक भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्तामध्येका एक नारायण पहराईले आफूले लामिछानेविरुद्ध जाहेरी नै नदिएको स्पष्ट पारेका हुन् ।

पहराईले फेसबुकमा लेख्दै आफूले बचत फिर्ताका लागि मात्र जाहेरी दिएको तर कोही व्यक्ति लक्षित गरी जाहेरी नदिएको स्पष्ट पारेका छन् । उनले आफ्नो उद्देश्य कसैलाई थुन्ने वा थुनाउने नभई उक्त सहकारीमा डुबेको बचन फिर्तासँग मात्र सरोकार रहेको पनि जनाएका छन् । प्रहरीले अभियोगपत्र र अन्य कागजातमा आफूलाई मुख्य जाहेरीकर्ताजस्तो प्रस्तुत गरेकामा पनि उनले आपत्ति प्रकट गरेका छन् । ‘मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो । एक वचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ,’ उनले लेखेका छन् ।

त्यस्तै उनले आफूभन्दा धेरै बचत हुनेलाई मुख्य उजुरीकर्ता नबनाएको तर आफूलाई मुख्य उजुरीकर्ता बनाएकोमा समेत आपत्ति जनाएका छन् । उनले आफूहरुले बचत फिर्ताका लागि उजुरी दिएको तर आजसम्म एक पैसा नपाएको समेत गुनासो गरेका छन् । पहराईले केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम ग¥यो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफू उजुरी फिर्ता लिन तयार भएको दाबी पनि गरेका छन् ।

लामिछाने हाल जिल्ला अदालत रूपन्देहीमा चलिरहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका कारण पुर्पक्षका लागि थुनामा छन् । जबकि सहकारीपीडित बचतकर्ताको अहिलेको मुख्य सरोकार बचत फिर्ता हो, तर यतिका समय बित्दासम्म पनि सरकारले बचत फिर्ता गर्न भने कुनै ठोस काम गर्न नसकेको छैन । न त फरार जीबीलगायतका मुख्य आरोपितलाई समात्न नै सकेको छ । यस्तो अवस्थामा लामिछानेलाई समग्र सहकारी समस्याको मुख्य जड जस्तो देखाउने र उनको राजनीतिक भविष्य सिद्ध्याउन विभिन्न मुद्दा लगाउने सरकारी कदम पूर्वाग्रही देखिन्छ । त्यसलाई पहराईको स्पष्टीकरणले पनि बलियो बनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको दाबी गरेका छन् । गत मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दलबाट आएकालाई एक झापु लगाएर ठीक पारेर हिरासतमा पठाएको भन्दै प्रतिशोध स्वीकार गरेको बताएका हुन् । ‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो । एक झापु लगाएर ठिक पारेर हिरासतमा पु¥याएँ । उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ,’ उनले संसद् बैठकमा भनेका छन् ।

यस्तो छ पहराईको भनाइ :

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ । मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो । एक वचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ ।

‘नारायणबहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ । तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन ।

करोड-करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन । मजस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं । तर, यत्रो समय बित्यो, खै त ? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस ग¥यो भनियो । तर, सरकारले ति सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम ग¥यो ? केही गरेको छैन । बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि !

म कोही व्यक्ति लक्षित थिइनँ, छैन । मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी-मुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिबद्ध छौं । हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं । विधि–प्रक्रिया, अड्डा–अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसें । न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ । निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

२ दिन अगाडि
भाजपा अध्यक्ष  र  रास्वपा सभापति भेट

भाजपा अध्यक्ष र रास्वपा सभापति भेट

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक