शनि, बैशाख १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तस्करी गरि तीन महिनामा १२ करोड सामान बरामद, ४०२ मुद्दा दर्ता 

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
तस्करी गरि तीन महिनामा १२ करोड सामान बरामद, ४०२ मुद्दा दर्ता 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र भन्सार कार्यालय वीरगन्जमा बुझाएका छन् ।

पर्सा प्रहरीले सिमानाकामा हुने तस्करीमा कडाई गरि माघ १४ गतेदेखि वैशाख १७ गतेसम्म १२ करोड २३ लाख ५० हजार २५४ रुपैयाँ बराबरको अवैध सामानहरुसहित ५० वटा सवारीसाधन बरामद गरि राजश्व अनुसन्धान तथा भन्सार कार्यालय वीरगन्जमा बुझाएको हो ।

पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार भई जाँचपास भएको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाईछिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।

त्यसैगरि मिश्रको ३ महिने कार्यकालमा पर्सा प्रहरीले  विभिन्न किसिमको ४०२ वटा मुद्दा दर्ता गरेको छ भन्ने त्यसमध्ये २०३ वटा मुद्दा फर्स्यौट र १९९ वटा बाकी रहेको जनाएको छ ।

यस्तै प्रहरीले अवैध लागुऔषध गाँजा ५१६ किलो ७५० ग्राम, चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम ७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र codiwell ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ३१ जना मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा २३ वटा मुद्दा दर्ता गरेको छ ।

त्यस्तै २६ लाख रुपैयाँसहित हुण्डी कारोवारमा संलग्न रहेका ५ जनालाई श्रोत नखुलेको रकमसहित प्रकाउ गरी राजश्व अनुसन्धान विभागमा रकम बुझाइएको र पक्राउ परेका ५ जनालाई  जिल्ला प्रहरी कार्यालयबाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिश्रले बताए ।

पर्सा जिल्लामा विभिन्न मुद्दामा सम्मानित अदालतले सजाय तोकेको र विभिन्न मुद्दामा फरार रहेका ४८९ जनालाई प्रहरीले पक्राउ गरि ३८ बर्ष १ महिना ७ दिन कैद र १ करोड १२ लाख ८० हजार ३०३ रुपैयाँ जरिवानासहित रकम असुल गर्न सफल पर्सा प्रहरी सफल भएको छ ।

यसरी नै प्रहरीले यौनजन्य क्रियाकलाप रोक्नको लागि मानव बेचबिखनमा मुद्दा चलाई संलग्न रहेको  ५ जनालाई पुर्पक्षका लागि कारागार वीरगन्जमा पठाइएको छ ।

त्यसैगरी वन जंगल फडानी गरि ल्याएको अवैध काठ २२ क्वी फिट बरामद गरेको छ । त्यस्तै ग्रामीण भेगको २८ कठ्ठा खेतमा लगाएको गाँजाको बोट करिब १३ हजार ४ सय बोट नष्ट गरेको छ भन्ने अफिमको ५०० बोट नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पर्साको ग्रामीण भेगमा रहेको  घरेलु मदिरा बनाउने भठ्ठी १४ वटा नष्ट गरि तयारी मदिरा ६०० लिटर र कच्चापदार्थ ९ हजार ६५० लिटर नष्ट  गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै ३ महिनामा उजुरी शाखामा ५६७ निवेदन परेकोमा ३५१ उजुरी फर्छयौट गरिएको छ । घरेलु हिंसाको तथा जनचेतना मुलक कार्यक्रम १ हजार ४५० वटा गरेको छ भन्ने ७४ हजार ९५६ जना लाभान्वित रहेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।प्रहरीले तीन महिनाको अवधिमा अवैध गिट्टी बालुवा उत्खननतर्फ १० वटा ट्याक्टर पक्राउ गरि कारबाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाएको जनाएको छ ।

पर्साका प्रहरी प्रमुख मिश्रले पर्सामा कार्यभार सम्हालेको दिनदेखि तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।

त्यसैगरि एसपी मिश्रले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् । जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक मिश्रले  प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही समेत गरेको जनाए ।

राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र नराम्रो गर्ने प्रहरीलाई कारबाही गर्ने उनले जनाए ।

पर्सा जिल्लाको  सिमानाका हुने अपराध र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लाबाट पलायन भएको छन् भने पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधिमा कमि आएको तथ्यांकमा देखिएको छ । कृष्ण यादव

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

२० घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक