सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसमा असन्तुष्टि बिष्फोटक, आयो सामुहिक बक्तब्य

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कांग्रेसमा असन्तुष्टि बिष्फोटक, आयो सामुहिक बक्तब्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नौ नेताहरूले बुधबार एक सार्वजनिक आह्वान गर्दै  विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने बेला भएकाले निषेधको राजनीति परित्याग गर्दै प्रजातान्त्रिक एवम् देशभक्त राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन नेतृत्वदायी भूमिकाका लागि कांग्रेस नेतृत्वसँग आग्रह गरेको छ। यद्यपि उनीहरूले राजाको नाम भने कतै उल्लेख गरेका छैनन्।

नेपाली काँग्रेसले समयको गति र देशको जटिल राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक ध्यान दिँदै आवश्यक परे पार्टीको महासमिति वैठक वोलाएर निर्णय लिन समेत ती नौ नेताहरूले मा गरेका छन्।

 

उनीहरूले जारी गरेको सामूहिक वक्तव्यमा भनिएको छ- ुराष्ट्रमाथि मडारिएको सङ्कटको बादल र त्यसको चुनौतीको जटिल अवस्थामा देशका सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिएर राष्ट्रिय एकताको आधारमा राष्ट्र, राष्ट्रिय अखण्डता र नेपाली जनताको सर्वोपरी हितलाई ख्याल गर्दै दलीय स्वार्थभन्दा माथि उठेर ताजा राजनीतिक समझदारी निर्माण गरेर अगाडि बढ्ने समय आएको छ।’

सामूहिक वक्तव्य जारी गर्नेमा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वशिक्षामन्त्री कुलबहादुर गुरूङ, पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, पूर्वमन्त्री विपीन कोइराला, कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे. पूर्व प्रमुख सचेतक विनयध्यज चन्द, पूर्वमन्त्री दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री रामचन्द्र अधिकारी, पूर्वराज्यमन्त्री सुरेन्द्र हमाल र कांग्रेस नेता लोकेश ढकाल छन्। गुरुङ पहिलो संविधानसभामा ज्येष्ठ नागरिकका हैसियतले सभाध्यक्ष थिए। उनकै नेतृत्वको सभाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको घोषणा गरेको हो।

उनीहरूले देशमा निराशा र दुरावस्थाको कारण राजनीतिक दलहरू नै रहेको ठहर पनि गरेका छन्। उनीहरूले वक्तव्यमा भनेका छन्-  ‘बढ्दो धार्मिक, साँस्कृतिक एवम् सामाजिक विकृति र विसंगतिहरूले हाम्रो आपसी सामाजिक एवम धार्मिक सहिष्णुता र सद्भावको वातावरणलाई विथोल्ने काम भैरहेको छ । देश यस्तो चरम निराशा र दुरावस्थामा पुग्नुको प्रमुख जिम्मेवार लामो समयदेखि सत्ता शक्तिमा रजगज गरेर वसेका राजनीतिक दल र यसको नेतृत्व हो भन्ने हाम्रो ठहर छ।’

उनीहरूले पार्टीको तर्फबाट आत्मालोचना गर्दै कांग्रेसले अप्ठ्यारो घडीमा नेतृत्वदायी भूमिका खेल्न चुकेको बताएका छन्।

‘नेपाली कांग्रेस विगत लामो समयदेखि सिद्धान्त र विचारको राजनीति छोडेर केवल सत्ता र शक्तिका लागि अप्राकृतिक गठवन्धन एवम् सम्झौताको राजनीति गर्दै आए पछि यसले विगतको जस्तो राष्ट्रिय राजनीतिमा त्यो ऐतिहासिक गौरवशाली नेतृत्वदायी भूमिका निर्वाह गर्न चुक्दै आएको छ,’ उनीहरूले भनेका छन्।

उनीहरूले विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने बेला भएको ठहर गर्दै निषेधको राजनीति परित्याग गरेर प्रजातान्त्रिक एवम् देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिन पनि कांग्रेस नेतृत्वसँग माग गरेका छन्।

नेपाली कांग्रेसका नौ जना नेताहरूले निकालेको सामूहिक वक्तव्य: 

सरकार, राजनीतिक दल र देशका अन्य राजनीतिक शक्ति बीचको आपसी द्वन्द्व, आन्तरिक राजनीतिमाथि छिमेकी एवम् अन्तराष्ट्रिय शक्तिको प्रभाव, स्वार्थ, हाम्रो आफ्नै भू–राजनीतिक जटिलता, कमजोर कुटनीति, चरम वेथिति, कुशासन, र कहालिलाग्दो भ्रष्टाचार आदिको कारण नेपालको सत्ता र राष्ट्रिय राजनीतिमात्र होइन सिङ्गो देश संकटको डिलमा उभिएको आम नेपालीलाई जस्तै हामीलाई पनि अनुभुति भैरहेको छ । राष्ट्रमाथि मडारिएको सङ्कटको बादल र त्यसको चुनौतिको जटिल अवस्थामा देशका सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिएर राष्ट्रिय एकताको आधारमा राष्ट्र, राष्ट्रिय अखण्डता र नेपाली जनताको सर्वोपरी हितलाई ख्याल गर्दै दलीय स्वार्थभन्दा माथि उठेर ताजा राजनीतिक समझदारी निर्माण गरेर अगाडि बढ्ने समय आएको छ ।

केही वर्षदेखि राजनीतिक दल र तीनको नेतृत्वमा कार्य क्षमताको अभाव र चरम भ्रष्टाचारको कारण व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकाय लगायत अधिकांश सरकारी निकाय र संस्थाहरूले जनताका बीचमा आफ्नो विश्वसनीयता गुमाएको अवस्था छ । देशको अर्थतन्त्रले धान्नै नसक्ने भद्दा राजनीतिक संरचनाहरू राष्ट्रको बोझ वनेका छन् । सरकार पटक पटक शिक्षकहरूसंग सम्झौता गर्ने तर सम्झौता पालना नगर्ने सरकारी रवैयाबाट आजित शिक्षकहरू महिना दिनदेखि आन्दोलनमा छन्, तर त्यसको निकास खोजेर शैक्षिक वातावरण सुचारू गर्न सरकारमा कुनै गंभीरता देखिंदैन । त्यसै गरी मिटरब्याज पीडित, सहकारी तथा लघुविक्त पीडितहरूले न्याय नपाउनु, बढ्दो वेरोजगारी, उद्योग–धन्दा, व्यापार–व्यवसायमा आएको ह्रास, आर्थिक मन्दी, कुशासन र चरम भ्रष्टाचार, युवा पलायन, बढ्दो महंगी, परनिरर्भता आदि कारणले जनतामा बढ्दै गएको व्यापक निराशाको कारण देश असफल राष्ट्र वन्दैछ । यसै गरी संवैधानिक व्यवस्था, राजनीतिक दल र सरकारको उदासिनताको कारण नियोजित रूपमा बलजफ्ती धर्म परिवर्तनको कारण हाम्रा परम्परागत वैदिक सनातन धर्म—संस्कृति र यसले निर्माण गरेको हाम्रा साझा मौलिक नेपाली पहिचान सङ्कटमा पर्दै गएको छ । बढ्दो धार्मिक, साँस्कृतिक एवम् सामाजिक विकृति र विसंगतिहरूले हाम्रो आपसी सामाजिक एवम धार्मिक सहिष्णुता र सद्भावको वातावरणलाई विथोल्ने काम भैरहेको छ । देश यस्तो चरम निराशा र दुरावस्थामा पुग्नुको प्रमुख जिम्मेवार लामो समयदेखि सत्ता शक्तिमा रजगज गरेर वसेका राजनीतिक दल र यसको नेतृत्व हो भन्ने हाम्रो ठहर छ ।

यसरी, देश गहिरो राजनीतिक सङ्कट तर्फ उन्मुख भएको अवस्थामा त्यसबाट निकास खोजेर राष्ट्रलाई बचाउन अग्रसर वन्नु पर्ने, आम जनताले भरोसा गर्नसक्ने प्रमुख राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेस नै हो । ०७ सालको जनक्रान्ति, ०४६ साल र ०६२÷०६३ को जनआन्दोलनमा निर्वाह गरेको ऐतिहासिक एवम् प्रमुख भूमिकालाई मध्यनजर राख्दै सबै राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्तिलाई एक वनाएर आम सहमतिको आधारमा राष्ट्रसामु देखा परेको सङ्कटलाई निकास दिन अग्रसर वन्नुपर्ने प्रमुख दायित्व पनि नेपाली काँग्रेसको हो । तर नेपाली कांग्रेस विगत लामो समयदेखि सिद्धान्त र विचारको राजनीति छोडेर केवल सत्ता र शक्तिका लागि अप्राकृतिक गठवन्धन एवम् सम्झौताको राजनीति गर्दै आए पछि यसले विगतको जस्तो राष्ट्रिय राजनीतिमा त्यो ऐतिहासिक गौरवशाली नेतृत्वदायी भूमिका निर्वाह गर्न चुक्दै आएको छ ।

नेपाली काँग्रेसले आफ्ना स्थापनाकालिन सिद्धान्त, बीपी कोइरालाको विचार, आदर्श र उहाँले राख्नु भएको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधिनमा रहेर सर्बोच्च नेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, त्यागीनेता सुवर्णशम्शेर, वौद्धिकनेता सूर्यप्रसाद उपाध्याय आदि आफ्ना महान संस्थापक नेताहरूलाई स्मरण गर्दै १२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लिएको राजनीति अडान उपर गहिरो आत्मसमीक्षा गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने वेला भएको छ भन्ने हाम्रो ठहर छ । यसै अनुरूप, नेपाली काँग्रेसले समयको गति र देशको जटिल राजनीतिक अवस्थामाथि गंभीरतापूर्वक ध्यान दिंदै निषेधको राजनीति परित्याग गर्दै सबै प्रजातान्त्रिक एवम् देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिन नेतृत्वदायी भूमिका खेल्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति र यसको नेतृत्व समक्ष हामी विनम्र आग्रह गर्दछौं साथै आवश्यक परे पार्टीको महासमिति वैठक वोलाएर निर्णय लिन समेत माग गर्दछौं ।

साथै, देशको चिन्ताजनक राजनीतिक अवस्था र पार्टीको दुरावस्थाबाट चिन्तित मुलुकभरका नेपाली काँग्रेसका सिद्धान्तनिष्ठ, इमान्दार कार्यकर्ता पङ्तिसमक्ष बीपी विचार र सिद्धान्त बमोजिम पार्टीलाई सही बाटोमा ल्याउन, यो पक्षमा व्यापक वहश चलाउँदै पार्टीमा दवाव सिर्जना गर्न क्रियाशील वन्न समेत हार्दिक आह्वान गर्दछौं । — जय नेपाल !

अक्षय तृतीया, १७ बैशाख २०८२
हस्ताक्षर कर्ता
१. कुलबहादुर गुरूङ्ग, पूर्व महामन्त्री, पूर्वमन्त्री, पूर्व सभापति, संसदीय सुनुवाई समिति (नेपाली काँग्रेस)
१. ओमकारप्रसाद श्रेष्ठ, पूर्व मन्त्री, वरिष्ठ नेता नेपाली काँग्रेस
३. विपिन कोइराला, पूर्व मन्त्री, वरिष्ठ नेता नेपाली काँग्रेस
४. लक्ष्मणप्रसाद घिमिरे, पूर्व केन्द्रीय सदस्य, पुर्व प्रमुख सचेतक, पूर्व राज्य मन्त्री, नेपाली काँग्रेस
५. विनयध्वज चन्द, पूर्व केन्द्रीय सदस्य, पुर्व प्रमुख सचेतक, नेपाली काँग्रेस
६. दीपकुमार उपाध्याय, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाली काँग्रेस
७. रामचन्द्र अधिकारी, पूर्व राज्य मन्त्री, नेता,

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेकाे बैठक लगातार तीन वटा बैठक

१५ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको सचिवालय बैठक आज बस्दै

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक