काठमाडौं । चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइन लागिएको छ । यसअघि गरिएको ३ दिनको म्याद थप सकिएसँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
राजावादी पार्टी राप्रपाका एक नेताले पछिल्लो दिन प्रहरी परिसरमा भेट्न पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत मिश्रले यही सुझाव दिएको जानकारी दिए । ‘राप्रपाका लागि माहौल एकदमै अनुकूल छ । यो माहौल सधैँ नरहन सक्छ, अहिले नगरे कहिले ?’ वरिष्ठ उपाध्यक्ष मिश्रको भनाइ उद्धृत गर्दै राप्रपाका ती नेताले भने ।
‘विहान उठेर दुई घण्टा कसरत गर्छु । त्यसपछि दिनको पत्रपत्रिका सबै पढ्छु । कविता लेख्छु । खानपिनको कुनै समस्या छैन । खाली समय आराम गर्छु, कुनै कुनै बेला निदाइ पनि हाल्छु । साथीहरु नियमित भेट्न आउनु हुन्छ, भेटघाट हुन्छ, गर्छु । बस्ने, खाने कुनै समस्या छैन, कोठाको सुविधा राम्रो छ, आराम छ,’ मिश्रको भनाइ उद्धृत गर्दै कार्कीले भने ।

