शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदभित्रबाटै प्रधानमन्त्रीलाई रास्वपाको चुनौती

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
संसदभित्रबाटै प्रधानमन्त्रीलाई रास्वपाको चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको र सो को अनुसन्धान गर्न न्यायिक छानबिन समिति आवश्यक रहेको बताएका छन् ।

‘२०७१ सालमा प्रधानमन्त्रीज्यू, तपाईँले नै निर्माण सम्झौता गरेको पोखरा विमानस्थलमा २०७९ मा निर्माण सम्पन्न भयो । तर पनि आजसम्म परिक्षण उडानबाहेक सञ्चालनमा आउन सकेको छैन । २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको संसदको लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ ।’, रास्वपा सांसद पराजुलीले भने, ‘प्रधानमन्त्रीज्यू, अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भनेर कार्यकताको आँखामा छारो हालिरहने कि उच्चस्तरिय शसक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जाहेर गर्ने ? हिम्मत छ प्रधानमन्त्रीज्यू ?’

त्यस्तै उनले विमानस्थललाई आवश्यक लम्बाईको धावनमार्ग बन्न नसकेको तर त्योभन्दा लामो भ्रष्टाचारको सूची बनेको समेत बताएका छन् । सांसद पराजुलीले पोखराको भ्रष्टाचार काण्डले नेपालमा हुने भ्रष्टाचारका काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको बताएका छन् । उनले भने, ‘विमानस्थललाई आवश्यक लम्बाईको धावनमार्ग त बन्न सकेन तर धावनमार्ग भन्दा कयौँ गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेका छन् । यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना नीजि स्वार्थ त होलान्, यद्यपी नेपालमा हुने भ्रष्टाचारका काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा उजागर भएको सत्य हो नि ।’

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर निर्धारण

अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य बढ्याे

४९ सेकेन्ड अगाडि
सरकारमा आत्मविश्वास देखिएन

रविको मुद्दामा आज आदेश आउन सक्ने

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक