काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको दाबी गरेको छ ।
समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमार्फत् माओवादी केन्द्रले यस्तो जनाएको हो ।
साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाउँदै माओवादी केन्द्रले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जनाएको छ ।


