शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजाबाट जे सन्देश आयो, त्यसको अब विकल्प हुन सक्दैन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
राजाबाट जे सन्देश आयो, त्यसको अब विकल्प हुन सक्दैन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश स्वीकार गर्नुको विकल्प नरहेको जनाएका छन् । नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको शुभकामना सन्देशको सन्दर्भमा धारणा सार्वजनिक गर्न राजावादीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पूर्वराजा र दलहरुको दृष्टिकोणमा कुनै विमति नरहेको जनाएका हुन् ।

‘अहिलेका राजनीतिक दल र नेताहरुलाई पनि अब राजाबाट जे सन्देश आयो, त्यसको अब विकल्प हुन सक्दैन । त्यसलाई तपाईँहरुले स्वीकार गर्नुको विकल्प छैन । यो मुलुकलाई हामीले अगाडि बढाउने हो भने, मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने, मुलुकलाई शान्तिपूर्ण निकासमा लाने हो भने राजाले डेमोक्रेशीलाई स्वीकार गरिबक्सेको छ, संवैधानिक राजतन्त्रलाई स्वीकार गरिबक्सेको छ । नागरिकहरुको सार्वभौमसत्तालाई स्वीकार गरिवक्सेको छ । नागरिक पनि राजनीतिक शक्तिको स्रोत हुन भनेर स्वीकार गरिबक्सेपछि तपाईँहरुको राजनीतिक दृष्टिकोण र राजाको दृष्टिकोणको पछाडि अब कुनै पनि विमति छैन । राजासँग अब तपाईँहरुले विमति राख्ने ठाउँ सकियो । यदि तपाईँहरुले यो कुरा स्वीकार गर्न सक्नुहुन्न भने तपाईँहरु देशको लागि होइन, आफ्नो स्वार्थका लागि राजनीति गरिराख्नु भएको छ,’– उनले भने ।

नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको सन्देशले मुलुकको रोडम्याप प्रष्ट गरेको उनको दाबी छ । आफू र राजसंस्थाबीच रहेको विमति पनि उक्त सन्देशले समाप्त पारेको उनले जनाए । ‘वैशाख १ गते महाराजधिराजबाट जुन सन्देश आयो, त्यो सन्देशले मुलुकको रोडम्याप प्रष्ट अगाडि सारेको छ । राजासँगका मेरो जुन विमति थिए, ती विमतिहरु समाप्त भएका छन् । त्यसैले म अब राजाको यो रोडम्यापलाई म खुला रुपमा साथ दिन्छु । आम नेपाली नागरिकहरुलाई पनि अब राजालाई हामीले साथ दिने बेला आयो । हरेक नेपाली नागरिकले अब राजाको यो सन्देशलाई हृदयंगम गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रत्येक नेपालीमाथि आएको छ,’– उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो भ्रष्टाचार भएको रिपोर्ट प्रतिनिधि सभाको उपसमितिले सार्वजनिक गरिसकेको जनाउँदै उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि अभिभावकको खाँचो रहेको बताए । ‘जो मुलुक र जनताप्रति चिन्तित र गम्भीर छ, त्यो संस्था भनेको राजसंस्थामात्रै हो । त्यसैले राजसंस्थाको स्थापना नभई यो मुलुकमा भ्रष्टाचारको अन्त्य हुन सक्दैन,’– उनले भने ।

कार्यक्रममा प्रा.डा. कान्ता पौडेल, नेपाली सेनाका पूर्व कर्णेल जयन्द्रवीर सिंह बस्नेत, दीपक महाराज आत्रेयलगायतले पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको शुभकामना सन्देश र पृथ्वीपथका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

८ घण्टा अगाडि
पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक