काठमाडौं । काठमाडौंको चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत नारायणगोपाल चोक – धुम्बाराही क्षेत्रमा सर्भिस लेन तथा नाली निर्माणको कार्य जारी रहेकाे छ ।
चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकी देखि चाबहिल सडकखण्ड अन्तर्गत सीतापाइला, वनस्थली ढुङ्गेधारा, गाँगबु सामाखुशी बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।


