शनि, बैशाख १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालमा कहाँबाट भित्रिन्छन् अबैध हतियार ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा कहाँबाट भित्रिन्छन् अबैध हतियार ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । खुला सिमाना भएकाले भारतबाट आउने अवैध साना हतियार नेपालका लागि चुनौती बन्दै गएको छ । पछिल्लो पटक सोमबार सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चल्यो । गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र रविन कुमार यादव घाइते भए ।

घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उक्त गोली साना हतियारबाट चलाइएको प्रहरी बताउँछ ।

‘होम मेड सानो हतियार हो,’ प्रहरी स्रोत भन्छ, ‘तर, हतियार भने अझै फेला परेको छैन ।’

यद्यपि गोली चलाएको आरोपमा देवानगन्ज–१ का २७  वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव पक्राउ परेका छन् । अन्य तीन जना फरार छन् ।

गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतको दाबी छ । उनी फरार छन् । लेनदेनको कारणले गोली चलाएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत भदौ १४ गते मोरङ पथरीशनिश्चरे नगरपालिका–३, विकास टोलका ३२ वर्षीय राजकुमार तुम्बापोलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको थियो । उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुलेको थिएन ।

खुला सीमाको फाइदा उठाउँदै साना हतियारको प्रयोग र ओसारपसार बढ्दा जिल्लामा सुरक्षा चुनौती थपिएको प्रहरी बताउँछ । कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैतसम्म  भारतबाट ल्याएका ८ थान साना हतियार र २६ थान गोली बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती अवैध हतियारसहित १६ जना पक्राउ परेका छन् ।

सबैभन्दा बढी सुनसरीमा ४ वटा साना हतियारसहित १८ थान गोली बरामद भएको छ भने ९ जना पक्राउ परेका छन् । सुनसरीपछि मोरङमा चालु आर्थिक वर्षको ८ महिनामा ३ वटा साना हतियार, ३ गोली र ५ जना पक्राउ परेका छन् ।

पटकपटक साना हतियार बरामद गर्नु र गोली प्रहारको घटना बढ्नुले पनि सुरक्षा चुनौती रहेको पुष्टि हुन्छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजन अधिकारी साना हतियारले सुरक्षा चुनौती थपेको स्वीकार गर्छन् । ‘खुला सीमा छ । चोरबाटो हुँदै राति अपराधमा संलग्नहरू ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘भ्याएसम्म जाँच र पक्राउ कार्य जारी छ ।’

त्यस्ता हतियार कहाँबाट आउँछ भन्ने विषयमा उनी खुलेर बोल्न चाहँदैनन् । यद्यपि खुला सिमानाको कारण दक्षिणतिरबाटै हतियार आउने उनको आशय थियो।

प्रहरीले साना हतियार ओसारपसार रोक्न निगरानी बढाइरहेको डीआईजी अधिकारीले बताए । ‘आन्तरिक रूपमा गस्ती पनि छ । चुनौती थपिएको छ । खुला सिमानाबाट हतियार आउनसक्ने अवस्था छ । चुनौतीलाई मध्यनजर गरेर कतिपय पक्राउ गरिएको छ,’ उनले भने, ‘गलत बाटोबाट भित्रियो भने पनि खानतलाखी गरेर नियन्त्रणमा प्राथमिकतामा राखिएको छ ।’

पेस्तोलबाट गोली प्रहारको घटना भारतीय सीमावर्ती तराईका जिल्लामा पहिला पनि हुँदै आएको थियो । साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू हुने गरेको छ । भारत र नेपालमा आपराधिक क्रियाकलाप गरेर लुक्नका लागि वारीपारी गर्छन् । भारतीय बजारमा साना हतियार सहजै खरिदबिक्री हुने गरेको सुरक्षास्रोत दाबी गर्छ ।

‘अहिले पनि बिहारको केही स्थानमा खुलेआम साना हतियारको खरिदबिक्री हुन्छ,’ स्रोत भन्छ । भारतीय खुला नाका र कमजोर सीमा सुरक्षा कारणले तुलनात्मक रूपमा साना हतियारको प्रभावमा कोशी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरी प्रभावित हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

१९ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक