काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईं बोकेको जहाज काठमाडौंमा ल्याण्ड भएको छ ।
उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
तीनकुनेमा भएकाे राजवादी आन्दाेलनमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।