शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसरी सुधारिँदै छन् एमाले र माके !

जनतामा गिरेको छविलाई झन् धमिल्याउने कसरत, देश हाँक्न पाउँदा असफलहरु पार्टीमा सक्रिय बन्दै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
यसरी सुधारिँदै छन् एमाले र माके !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेपाली राजनीतिक दलहरुमा लामो समय एउटै नेताहरुको समूहले लाभका पद ओगट्ने, पार्टीको मुख्य पद कब्जा गर्ने र अन्य नेतालाई अघि आउन नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले पार्टीमा नेतृत्व विकास त हुन सकेको छैन नै, पटकपटक विभिन्न पदमा पुगेर काम नगर्ने नेताप्रति वितृष्णा पनि बढ्दै गएको छ । पछिल्लो समय सत्तारुढ एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनको प्रयास र माओवादी केन्द्रमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनः पार्टीको उपाध्यक्ष चयन हुनुले यस्तो प्रवृत्तिले अझै टेवा पाइरहेको पुष्टि हुन्छ ।

यी दुई नाम उदाहरण मात्र हुन्, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवको पुस्ताका नेताहरु, एमालेमा केपी शर्मा ओली र केही दोस्रो पुस्ताका नेताहरु, माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड र दोस्रो पुस्ताका नेताहरुले पटकपटक अवसर पाउँदै आएका छन् । तर, उनीहरुले त्यसलाई सदुपयोग गर्न नसक्दा र पटकपटक अक्षम साबित भइरहँदा पनि नैतिकता देखाएर अन्यलाई अवसरको लागि अघि बढाउन सकेका छैनन् । पूर्वराष्ट्रपति भण्डारी होउन् वा पूर्वउपराष्ट्रपति पुन वा ओली, प्रचण्डलगायत थुप्रै नेताहरु देश हाँक्ने अवसर पाउँदा असफल साबित भइसकेका छन् । तर पनि उनीहरुमा सत्ता र शक्तिको मोह घटेको छैन, जसका कारण पार्टीमा सक्रिय भइरहेका छन् ।

एक वर्षआसपासमै एमालेले ११औँ महाधिवेशन आयोजना गर्ने गरी आगामी असोजमा विधान महाधिवेशनको मिति तोकेपछि भण्डारी अध्यक्षकै जिम्मेवारी सम्हाल्ने सोचसहित देश दौडाहामा लागेकी हुन् । उनी पछिल्ला दिनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको संवाद र परामर्शबाटै सहमतिमा नेतृत्व लिने गरी अग्रसर भइरहेकी छिन् । भण्डारीलाई पार्टीमा फर्काउन सकिने ग्रिन सिग्नल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै दिँदै आएका छन् । गत ४ फागुनमा बालुवाटारमा निम्ता गरेर प्रधानमन्त्री ओलीले भण्डारीसँग लगातार ६–७ घण्टा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले एघारौँ महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्षका लागि सहयोग गर्न आग्रह गरेको एक स्थायी समिति सदस्यले बताए । त्यसलगत्तै आमनिर्वाचन हुने भएकाले भण्डारीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोजेर सर्वसम्मत प्रस्ताव गर्ने र नहतारिन सुझाएको ती सदस्यको भनाइ छ । त्यसक्रममा पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटघाट र संवाद जारी राखेर क्रियाशील भइराखे पनि आफूलाई नेतृत्वका आकांक्षीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका थिए ।

यस्तै, उता उपराष्ट्रपतिमा निर्वाचित भएपछि सात वर्ष माओवादी केन्द्रसँगको आबद्धता टुटाएका पुन उपाध्यक्षको जिम्मेवारीसहित आइतबारबाट पार्टी राजनीतिमा फर्किए । उनलाई केन्द्रीय कार्यालयका तर्फबाट प्रचण्डले उपाध्यक्षमा मनोनीत गरेको हो । उनलाई आर्थिक उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टीले सञ्चालन गरेको तत्कालीन सशस्त्र संघर्षमा पार्टी हेर्डक्वारटमा ‘जनमुक्ति सेना’को डिपुटी कमान्डर हुँदै पुन माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका थिए । ०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याएपछि उनलाई पार्टीले उपराष्ट्रपति बनाएको थियो ।

नेपालको समसामयिक राजनीतिमा एउटा महत्वपूर्ण यथार्थ देखिँदै आएको छ—जनता र परम्परागत राजनीतिक पार्टीहरूबीचको दूरी तीव्र गतिमा बढिरहेको छ । विगत तीन दशकमा प्रजातन्त्र, गणतन्त्र र संघीयताको स्थापनासँगै जनता परिवर्तनको आशामा थिए। तर, यी अपेक्षाहरू राजनीतिक व्यवहारमा कति रूपान्तरण भए भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ । जनतामा बढ्दो असन्तुष्टि, निराशा र वितृष्णा यसैको प्रतिबिम्ब हो । नयाँ संविधान लागू भएको लगभग एक दशक बितिसकेको छ । तर अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र समावेशीताका सवालमा अपेक्षित सुधार देखिएको छैन । पुराना पार्टीहरूप्रति वितृष्णा बढ्नुको मूल जरा भ्रष्टाचार र गम्भीर उत्तरदायित्वहीनतामा पनि निहित छ ।

राजनीतिमा सत्ता प्राप्तिको होड अहिले विचारभन्दा बलियो बनेको छ। अस्वाभाविक गठबन्धन, बारम्बारको सरकार परिवर्तन, र नीतिगत अस्पष्टताले जनतामा ‘पार्टीको नाम फरक भए पनि नियत उस्तै’ भन्ने धारणा बलियो बनाएको छ । चुनावमा देखाइने सपना र सत्तामा पुगेर देखाइने चरित्रबीचको दोहोरोपनबाट जनता आजित भइसकेका छन् । युवालाई नेतृत्व हस्तान्तरण गर्ने भनाइ पुराना पार्टीहरूमा सधैं नाराको रूपमा मात्रै सीमित छ । दशकौंसम्म एउटै नेताहरू नेतृत्वमा कायम छन् । नयाँ विचार, ऊर्जा र दृष्टिकोण बोकेका युवाहरूलाई पार्टीभित्र स्थान दिइएको छैन । परिवारवाद र गुटबन्दीले दलभित्रको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको छ । यही अवस्था कायम राखेर जनतामा गिर्दै गएको आफ्नो छविलाई अझ धूलिसात् गर्ने कि माथि उठाउने, यो जिम्मा एमाले र माओवादीका समग्र नेता तथा कार्यकर्तामाथि नै छ ।  जनधारणा साप्ताहिकबाट

 

यो पनि पढ्नुहोस्

नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

२ दिन अगाडि
भाजपा अध्यक्ष  र  रास्वपा सभापति भेट

भाजपा अध्यक्ष र रास्वपा सभापति भेट

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक