बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमेरिकी ट्यारिफ नीति नेपाललाई गज्जबको अवसर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
अमेरिकाले विभिन्न देशलाई फरक फरक भन्सार शुल्क लगाउने निर्णय गरेपछि अहिले विश्व तरंगित बनेको छ । अमेरिकाको नयाँ नीतिबाट फाइदा बेफाइदाको हिसाबकिताबमा विभिन्न देश लागिपरेका छन् । नेपालले पनि अमेरिकी भन्सार शुल्कबाट आफूलाई हुने अवसर, सकारात्मक नकारात्मक प्रभाव र लाभ लिनसक्ने विषयलाई ध्यानमा राखेर आगामी योजना बनाउन सके अर्थतन्त्रलाई झन् टेवा पुग्ने देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाली वस्तुलाई १० प्रतिशत भन्सार शुलक तोकेको छ । यस्तै, चिनियाँ वस्तुमा ३४ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । भारतीयमा वस्तुमा २६, बंगलादेशीमा ३७ र कम्बोडियाको उत्पादनमा ४९ प्रतिशत भन्सार शुल्क तोकेको छ । यस्तै श्रीलंकालाई ४४, इन्डोनेसियालाई ३२, भियतनामलाई ४६, ताइवानलाई ३२, पाकिस्तानलाई २९ प्रतिशत भन्सार शुल्क लगाइएको छ । १० प्रतिशत भन्सार शुल्क ५ अप्रिल (गत शनिबार) देखि लागू गरिएको छ र अन्य शुल्क ९ अप्रिल (बुधबार) देखि लागू हुने भनिएको छ ।

दक्षिण एसियाली, खासगरी नेपाली छिमेकी मुलुकहरुको तुलनामा नेपाललाई तोकिएको भन्सार शुल्कमा निकै फरक छ । यो नेपालका लागि ठूलो अवसर हुन सक्छ । किनभने नेपालले अहिले धेरै हदसम्म अमेरिका निर्यात गरिरहेको वस्तु भारत, पाकिस्तान, श्रीलंकालगायत देशबाट पनि निर्यात भइरहेको छ । ती देशका वस्तुमा भन्सार शुल्क बढी लाग्दा नेपाली त्यही किसिमका वस्तुमा कम भन्सार शुल्कका कारण प्रतिस्पर्धा गर्न अझ सहज हुने देखिएको छ । अर्कोतर्फ नेपाली उत्पादित वस्तुलाई कम भन्सार शुल्क लाग्ने कारणले नेपालले भारतीय र चीनका उत्पादनलाई नेपालमा ल्याई निर्यात गर्न सक्छ । यसबाट नेपालले नै लाभ लिन सक्छ । त्यसका लागि नेपालले चीन तथा भारतसँग सहकार्यका लागि प्रस्ताव राख्नुपर्छ । नेपालमै लगानीकर्ता आकर्षित गर्ने, उत्पादन बढाउने, निर्यात गर्ने ठूलो अवसर पनि हो यो । चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाजस्ता देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न, ती वस्तु निर्यातमा प्रोत्साहित गर्न अमेरिकाको नयाँ भन्सार शुल्कले मद्दत गर्ने देखिन्छ । त्यसैले नेपालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्न सक्छ ।

भन्सार दर फरक हुँदा नेपालका लागि बजार पहुँच सजिलो हुन्छ । यसले अप्रत्यक्ष रूपमा स्वदेशी वस्तुलाई प्रतिस्पर्धी बनाउँछ । तर निर्यात बढाउन उत्पादन क्षमता वृद्धि गर्नुपर्छ । त्यसका लागि लगानी विस्तार गर्न सक्नुपर्छ । अमेरिकाले नेपालका लागि ७७ वस्तुमा शून्य भन्सार शुल्क तोकेको थियो । २०७२ को भूकम्पपछि नेपाललाई अमेरिकाले ‘हार्मोनाइज्ड ट्यारिफ सेड्युल’ अन्तर्गत ७७ वस्तुमा भन्साररहित सुविधा दिएको हो । यस्तो सुविधा हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तुमा छ । तर अमेरिकामा यी वस्तुको निर्यात बढ्न सकेको छैन । ७७ वस्तुतर्फ ५ वर्षमा २ अर्ब ९६ करोडको निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । अब यी वस्तुमा पनि भन्सार शुल्क लाग्ने भएको छ । यो सुविधा भने खोसिएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुकमा भारतपछि अमेरिका पर्छ । आर्थिक वर्ष ०८०÷८१ मा नेपालबाट १७ अर्ब ३१ करोड बराबरको उत्पादन अमेरिका निर्यात गरिएको थियो । सरकारले कच्चा पदार्थ आयातमा केही सुविधा दिन सके अमेरिकातर्फ निर्यात बढाउन सकिन्छ ।

दुई ढुंगाबीचको तरुल भनियो नेपाललाई, दुई ढुंगाबीचको डाइनामाइट पनि भनियो, दुई विशाल छिमेकीहरुबीचको विकासे पुल पनि भनियो ! तर नेपाललाई नेपालकै नेताहरुले चिन्न सकेनन् । त्यसैले नै नेपालको अवस्था झन् झन् दल दलमा भासिंदै गइरहेको छ । १ करोड युवा पाखुरा विदेशिएका छन् कामको खोजीमा । अमेरिकाले अपनाएको नयाँ नीतिले विश्वका सबै देश प्रभावित हुँदैछन् । नेपाल पनि अछुतो छैन । पछिल्लो अमेरिकी ट्यारिफ नीतिले नेपालको अर्थतन्त्रलाई धेरै लाभ उठाउन सकिने उपायहरु देखिएका छन् । यो अवसरलाई सदुपयोग गर्न सक्ने हो भने नेपाललाई एक वर्षमै समृद्ध नेपाल र शुखी नेपालीको अवस्थामा पुराउन सकिने देखिन्छ । यसका लागि सरकारले निर्यात क्षेत्रको मनोबल उत्साहित गर्ने गरी नीति ल्याउनुपर्छ । कच्चा पदार्थ आयातमा सुविधा, कर्जामा सरलीकरणको व्यवस्था, पूर्वाधारमा सहयोग हुनुपर्छ । अमेरिकाको पछिल्लो निर्णयका कारण भारत, बंगलादेश, चीनलगायत मुलुकबाट लगानीकर्ता नेपालमा आएर तयारी पोसाक, कार्पेटलगायत निर्यातजन्य वस्तु उत्पादन गर्ने सम्भावना पनि छ ।

यो अवसरलाई यथार्थमा रूपान्तरण गर्न नेपालको उत्पादन क्षमता, गुणस्तर, ढुवानी व्यवस्था, बजार पहुँच र कूटनीतिक सक्रियता अत्यावश्यक छ । नेपालले यो अवसर चिन्नु मात्र होइन, त्यसअनुसार नीति निर्माण, संरचनागत सुधार र निजी क्षेत्रको सशक्तीकरण गर्न सक्यो भने अमेरिकी बजारमा दीर्घकालीन रूपमा स्थान बनाउन सक्छ । अहिलेको वैदेशिक व्यापार सन्तुलन ठीक पार्न, रोजगारी सिर्जना गर्न र आर्थिक सबलीकरण गर्न यो मार्ग अत्यन्त महत्वपूर्ण बन्न सक्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

२ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक