आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

सांगीतिक माहोलमा शिक्षक आन्दोलन : कोही जादू देखाउँदै, कोही नाचगान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सांगीतिक माहोलमा शिक्षक आन्दोलन : कोही जादू देखाउँदै, कोही नाचगान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चन्द्रबहादुर आले

 काठमाडौं । दिउँसोको टन्टलापुर घाम । त्यही घाममा रातो टोपी लगाएर कोही मादल बजाइरहेका छन् । कोही हार्मोनियम, मादल, बाँसुरी, डम्फु, खैंजडी र मुजुराले संगीत भर्दै गाइरहेका छन् ।उनीहरूलाई ताली बजाउँदै र नाच्दै महिला-पुरूषहरूले साथ दिइरहेका छन् ।

झट्ट हेर्दा लाग्छ कुनै दोहोरी वा सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ । तर, गाउने, बजाउने र ताली ठोक्नेहरू सांगीतिक कन्सर्टका व्यवसायिक कलाकारहरू होइनन् । उनीहरू हुन् काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरु ।

उनीहरूले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । रोचक त के छ भने सरकारविरुद्धको आन्दोलन पूरै सांगीतिक माहोलमा भइरहेको छ । कोही शिक्षकले जादू देखाएर मनोरञ्जन दिइरहेका छन् ।

बानेश्वर–बबरमहल सडकखण्डमा हरेक दिन भेला भएर शिक्षक–कर्मचारीहरुले सरकारलाई झकझक्याउन रचनात्मक शैली अपनाएका छन् ।

 

विभिन्न राजनीतिक दल, पेशागत संघसंगठनहरुको समेत समर्थन पाइरहेका शिक्षक–कर्मचारीहरुका माग पूरा गर्न भने सरकार गम्भिर देखिएको छैन ।

त्यसैले तनहुँको अमरज्योती माविका शिक्षकहरु बिजुलीबजार पुलनेर भेला भएर सल्ला धुपैले बोलको गीतको लयमा सरकारलाई सोध्दैछन्–

‘सडकमा कहिलेसम्म हिँडाउने ?

हामी नै हो कखरा चिनाउने,

सल्ला धुपैले…।’

हरेक दिन बिहान १० बज्दा नबज्दै शिक्षक–कर्मचारीहरु माइतीघर, बबरमहल–बिजुलीबजार पुल क्षेत्रमा भेला हुन थाल्छन् । केहीबेर सरकारविरुद्ध नारा लगाउँछन् । अनि सडकमै बसेर यसैगरी नाचगानमा व्यस्त हुन्छन् । तीन–चार बजेपछि भने उनीहरु लाखापाखा लाग्छन् ।

बानेश्वर चोकतर्फको निषेधित क्षेत्रतिर आउनबाट शिक्षकहरुलाई रोक्न तैनाथ प्रहरीहरु पनि सडकमा ब्यारिकेड हटाउन थाल्छन् । स्वयंसेवकहरु भने पानीका बोतल, कागज र प्लास्टिकहरु टिपेर सडक सफा गर्छन् ।

शिक्षकहरु दिनहुँ यसैगरी आन्दोलनमा उत्रिँदै आएका छन् । सरकारले उनीहरुका माग कहिले पूरा गर्छ र उनीहरु विद्यालय फर्किन्छन् ठेगान छैन ।

 

उनीहरु आफूहरुको यो निर्णायक आन्दोलन भएकाले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडानमा छन् ।

तर उनीहरुका गीतमा भने छिटो विद्यालय जान पाए हुन्थ्यो भने संकेत मिल्दछ ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका शिक्षकहरुको टोली कर्णाली प्रदेशका जिल्लामा बढी चर्चित सिंगारु नाच नाच्दै सरकारलाई सोध्दैछन्–

‘याँ बसौं कि घर गैजाउँ

ए सरकार मर्जी पाउँ…।’

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२ घण्टा अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

३ घण्टा अगाडि

नेपाल शिक्षक महासंघको नेतृत्वमा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका शिक्षक तथा कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय बन्द गरेर र एसईई परीक्षाको उत्तरपुस्तिका नजाँच्ने घोषणा गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

 

शिक्षक कर्मचारीहरुको आन्दोलनले वैशाख १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान प्रभावित हुने हो कि भन्ने चिन्ता छ । त्यसैले सरकारले उनीहरुलाई वार्तामा बोलाएको छ ।

तर विगतका वार्तामा शिक्षा ऐन जारी गर्ने भनेर भएको सहमति कार्यान्वयन नभएकाले उनीहरु फेरि वार्ताको औपचारिकता पूरा गर्नुभन्दा ऐन नै छिटो जारी हुनुपर्ने अडानमा छन् ।

विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्रा निर्णय लिँदै ऐन जारी गर्न उनीहरुले माग राखेका छन् । त्यसका लागि संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त शिक्षक महासंघले राखेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेको थियो । महासंघले पनि विज्ञप्तिमार्फत् नै आफ्ना अडानबारे जानकारी गराउँदै अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको स्पष्ट पारेको छ ।

 

पर्साको ठोरी गाउँपालिकाका शिक्षकहरु चुट्का भजनको लयमा धेरै अन्यौलमा नपरी छिटो शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दैछन् । खैंजडी र मादलको तालमा गाउँदै उनीहरु भन्छन्–

‘शिक्षा ऐन, शिक्षा ऐन,

छिट्टै आए जान्छौं हामी विद्यालयमा ।

अन्योल नपारे, अन्योल नपारे

देशको विकास गर्नलाई शिक्षा सुधारे…।’

मंगलबार सरकारले आफ्ना माग नसुनेको विरोधमा उनीहरुले दिउँसै टर्च बालेर सांकेतिक विरोध गरेका थिए । त्यसअघि उनीहरूले कालो मास्क लगाएर, मौन प्रदर्शन गरेर, सडकमा सुतेर तथा सिटी फुकेर सरकारको ध्यानाकर्षण गराएका थिए । हरेक राजनीतिक दलका कार्यालयमा पुगेर पनि आफ्ना मागमा समर्थन खोजेका थिए ।

 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो ‘अन्तिम र निर्णायक आन्दोलन’ भएको शिक्षकहरु बताउँछन् । यो आन्दोलनको बलमा सरकारले माग पूरा गर्छ कि गर्दैन निश्चित छैन ।

नेपाल राष्ट्रिय मावि निचुटाका शिक्षक देवेन्द्र साह भने आन्दोलनको बलमा शिक्षा ऐन जारी हुनेमा विश्वस्त देखिन्छन् । मंगलबारको आन्दोलनको भिडमा डोरी र बलको सहायतामा जादू देखाउँदै मनोरञ्जन थपिरहेका साह भन्छन्, ‘शिक्षकहरुको कलममा धेरै तागत हुन्छ । यसले जे पनि गर्नसक्छ ।’ online khabar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक