शनि, बैशाख १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिंसात्मक गतिविधिमा उत्रिएपछि सुरक्षा रणनीति चुनौती

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
हिंसात्मक गतिविधिमा उत्रिएपछि सुरक्षा रणनीति चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको प्रदर्शनमा प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको जनाउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै प्रहरी प्रमुख थापाले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारीहरू अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको जनाउनुभएको हो ।

उहाँले प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताउनुभयो । स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उहाँको भनाइ छ ।

महानिरीक्षक थापाले भन्नुभयो, ‘‘त्यहाँबाट बुलेट गाडी आयो, त्यस्तो हामीले सोचेका पनि थिएनौँ । मेरो २९ वर्षको जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएन । त्यसपछि हाम्रो कमान्डरले उहाँलाई नियन्त्रणमा लिएर झार्ने काम गर्‍याे । त्यहाँबाट हामीले उहाँलाई मञ्चमा पठाएका हौं । उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, एकथरि मञ्चमै उत्तेजक भाषणहरू गर्ने काम गरिरहनु भएको थियो ।’’

उहाँले प्रहरीलाई नै मार्ने गरी बुलेट गाडी चलाइएको समेत बताउनुभयो । उहाँले प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्छौं भनेकै कारण दुर्गा प्रसाईंलाई फेरि मञ्चतिर पठाइएको स्पष्टीकरण दिनुभयो । उहाँले आन्दोलन सुरु हुनुभन्दा अगाडि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषणहरू गर्ने गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपरेको जनाउनुभयो । उहाँले प्रहरी आफैंले मञ्चमा अश्रुग्यास नहानेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘त्यसपछि मिनभवनको पुलभन्दा पारी अश्रुग्यास हानिएको हो । आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद्, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग गर्ने चल्यो । ग्यास सेल हामीले म्याद नाघेकोबारे जानकारी भएन । हामीले नष्ट नगरेको र मौज्दातमा रहेको ग्याँस हामीले प्रहार गरेका हौं । तर म्याद नाघेको हान्यो भनेर अफवाह कसरी आयो ?’’

नेपाल प्रहरीको लागु औषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलनस्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको जनाउनुभयो । उहाँले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको जानकारी दिनुभयो । अन्यमाथि राजद्रोह र उप्रदो अपराधमा अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा दुई जनाको मृत्यु भएको उहाँले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

१९ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक