काठमाडौं । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेट गरेका छन् । गत शुक्रबार (१५ चैत) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एकपटक भेट गरेका थिए ।
शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् ।
लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए ।