सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रदिप, आर्यन, पललाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रदिप, आर्यन, पललाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 


काठमाडौं । केहिदिनअघि काठमाडौंमा ४० ओटा देशको चलचित्रहरुको सहभागितासहित आयोजना भएको एक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चर्चित कलाकारहरु प्रदिप खड्का, आर्यन सिग्देल, पल शाहलाई समेत पछि पार्दै चलचित्र ‘आँखा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति थिए आर के मेहता । नेपालबाट ओस्कार अवार्डमासमेत छनोट भएर गएको ‘शाम्बला’ले उत्कृष्ट गौतमबुद्ध चलचित्रको अवार्ड पाउँदा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड भने चलचित्र ‘आँखा’ले नै प्राप्त गरेको थियो । चलचित्र ‘आँखा’ बाट नै निर्देशक जौन यौञ्जनले उत्कृष्ट स्क्रिनराईटरको अवार्ड प्राप्त गर्दा चलचित्र महोत्सव नै ‘आँखा’मय बनेको थिए । धेरै अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत जितिसकेको चलचित्र ‘आँखा’ दुभाग्र्यवश हलहरुमा रिलिज भएकै दिन काठमाडौंमा बाढीले डुबान भएको कारण हलहरुबाट उतार्नुपरेको थियो । चलचित्र ‘आँखा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका आर के मेहेता इटालीमा भएका कारण अवार्ड ग्रहणको लागि प्रत्यक्ष उपस्थित हुन पाएनन् र उनले इटालीबाटै खुशी व्यक्त गरे ।

को हुन् आर के मेहता ?
विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे ।

थिएटरमा संघर्ष र पहिचानको खोजी
आर के मेहताले माइम र पेन्टोमाइममा विशेष दक्षता हासिल गर्दै रंगमञ्चमा छुट्टै पहिचान बनाए । उनी केवल एक कलाकार मात्र होइन, निर्देशकका रूपमा पनि उत्कृष्ट सावित भए । उनले ‘महाकन्जुस’, ‘अब कोना चलव’, ‘हारजीत’, ‘कोमा’, ‘मजीपालाखे’, ‘वीच’, ‘जीउँदो आकाश’, ‘वौदिछाया’ लगायतका धेरै नाटकहरुमा अभिनय तथा निर्देशन गरिसकेका छन् । थिएटरमा उनले लाइटिङ सेटअप, सेट डिजाइन, र अभिनयको गहिराइमा डुबेर काम गरे । बिस्तारै उनको प्रस्तुति नेपाल बाहिर पनि पुग्न थाल्यो । एन एस डी ओलम्पिक थिएटर फेस्टिभलमा नाटक ‘जीउँदो आकाश’ लिएर अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दै उनले ठूलो पहिचान बनाए ।

सिनेमामा पदार्पण : रंगमञ्चबाट रजतपटसम्मको यात्रा
आर के मेहताले नेपाली फिल्म ‘रंगेली’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । तर दुर्भाग्यवश, फिल्म बिचैमा बन्द भयो । तर उनले आफ्नो सपना नछोडी अझै संघर्ष गर्दै गए। अभिनयमा गहिराइ ल्याउन उनले इटालीको ‘एकाडेमिया डेल आर्टे’ मा भौतिक थिएटर अध्ययन गरे र इटालीमा विभिन्न प्रदर्शनहरू गरे । नेपाल फर्किएपछि उनले आफ्नो नाटक ‘जीउँदो आकाश’ पुनः मञ्चन गरे ।

‘आँखा’ फिल्मका लागि अपूर्व समर्पण
नेपाल फर्किएपछि, उनलाई निर्देशक जौन योंजनको फिल्म ‘आँखा’ मा मुख्य भूमिका निभाउने अवसर प्राप्त भयो । यो भूमिका उनको लागि निकै विशेष रह्यो । जब उनले फिल्मको स्क्रिप्ट हातमा लिए, त्यसपछि उनी पूर्ण रूपमा चरित्रमा समर्पित भए । उनले चरित्रका लागि निकै मेहनत गर्न थाले । उनले ६ महिनासम्म काठमाडौंको सुकुम्बासी बस्तीमा गएर बस्दै, त्यहाँका वास्तविकता बुझे । निर्देशक र सह–कलाकारहरूसँग मिलेर छ महिने वर्कशप गरे । उनले १५ किलो तौल घटाए, जसका लागि उनले विभिन्न कडा डाइट र जीवनशैली अपनाएका थिए ।

थिएटर र फिल्ममा पर्दा पछाडिको मेहनत
आर के मेहता केवल क्यामेराको अगाडि मात्र होइन, पर्दा पछाडिको मेहनतमा पनि उत्तिकै सक्रिय छन् । फिल्ममा लाइटको सामान किन्नेदेखि सेटअप निर्माणसम्म, उनी आफैं खटिन्थे । कलाकारहरूको तयारीमा पनि सहयोग गरे, संवादको गहिराइ बुझ्न सामाजिक अध्ययन गरे । रोज–रोज फिल्मको स्क्रिप्टमा डुबेर अध्ययन गरे, आफ्ना संवाद, एक्सप्रेसन र शारीरिक चाल–ढाललाई परिमार्जन गरे । उनी रातभर नसुती आफ्ना दृश्यहरूमाथि पटक–पटक अभ्यास गर्थे ।

अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता
उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।

भविष्यका कलाकारका लागि प्रेरणा
आर के मेहताको यात्रा संघर्ष, समर्पण र निरन्तर मेहनत को उदाहरण हो । रंगमञ्चदेखि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन उनले धेरै चुनौतीहरू सामना गरे, तर कहिल्यै हार मानेनन् । अब, ‘आँखा’ फिल्मको माध्यमबाट उनले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा थप्नेछन् । उनको संघर्ष र सफलता नेपाली कलाकारहरूको लागि प्रेरणादायी छ ।

यो पनि पढ्नुहोस्

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

२२ घण्टा अगाडि
सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक