आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ : मन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ : मन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभएको छ ।

आज चितवन भण्डारा दोस्रो खानेपानी आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा राप्ती नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि यहाँका नागरिकका पानीका समस्या सधैँका लागि समाप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको हो । यसले राप्ती नगरपालिका वडा नं. ४, ५, र ६ क्षेत्रलाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार दुई सय घरधुरीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”
त्यस्तै, मन्त्री यादवले चितवन राप्ति नगरपालिका भण्डारा क्षेत्रका नागरिकहरूका खानेपानीका समस्या सधैँका लागि समाधान भएको बताउँदै भन्नुभयो, “पानीको अभावका कारण यहाँको बसाइँ कठिन थियो, तर आजको दिनले नयाँ युगको सुरुवात गरेको छ ।”
संघीय सरकार, उपभोक्ता समिति, र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य, र परिश्रमको फलस्वरूप आज यो महत्त्वपूर्ण योजना हासिल गर्न सफल भएको उहाँको भनाइ थियो । मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती नगरपालिका ४, ५, र ६ का बासिन्दाहरूलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ, जसबाट हजारौँ नागरिकको स्वास्थ्यमा सुधार आउनेछ ।
विगतमा यहाँका स्थानीय उपभोक्ताहरू इनार तथा ट्युबवेलको पानी उपभोग गर्न बाध्य थिए, जुन परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था रहेकोमा अब यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताहरूले हरेक दिन २४ सै घण्टा स्वच्छ, शुद्ध, र सुरक्षित खानेपानी उपभोग गर्न पाउने मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएको छ। यस क्षेत्रका जनताहरूले अबदेखि २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन्, जसले यहाँका जनताहरूको स्वास्थ्यमा सुधार ल्याउनेछ ।”
नेपालको संविधानले सुरक्षित र स्वच्छ खानेपानीलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको उल्लेख गर्दै मन्त्री यादवले नेपाल सरकार, खानेपानी मन्त्रालय, तथा सम्बन्धित निकायहरू विगत लामो समयदेखि नेपाली नागरिकहरूलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्न निरन्तर प्रयत्नशील रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने प्रतिबद्धतासँग सिङ्गो सरकार, विकास साझेदार, दातृ निकाय, तथा स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढिरहेको छ ।” स्थानीय समुदायको जीवनस्तरमा वृद्धि गर्ने तथा दिगो विकास लक्ष्य अन्तर्गत ‘स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता’ लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने मन्त्रालयको नीति निरन्तर अघि बढिरहेको उहाँको भनाइ छ ।
संघीय, प्रदेश, र स्थानीय सरकारको सहकार्य अझै सशक्त बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै मन्त्री यादवले यस्ता आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नवीन तथा प्रविधि–मैत्री उपायहरू अवलम्बन गरिने बताउनुभयो ।
उक्त आयोजना रु ९ करोड ९१ लाख २५ हजार ५९ दशमलब २५ लागतमा सम्झौता गरिएको थियो भने हालसम्म रु ९ करोड ८६ लाख ७८ हजार २८८ दशमलब १६ खर्च भएको छ । नेपाल सरकारको रु ९ करोड ६८ लाख ६० हजार २८८ दशमलब १६ तथा उपभोक्ताको सहभागितामा रु १८ लाख १८ हजार लागतमा सुरु भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ ।
आजको कार्यक्रममा संघीय सांसद हरि ढकाल, प्रदेश सांसद एवं पूर्वमन्त्री जेएन थपलिया, पूर्वमन्त्री दावा लामा, राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, नगर उप–प्रमुख देवेन्द्र लामा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

३ हप्ता अगाडि
सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

आज सुनकाे भाउ बढ्याे

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

एक लुटेरा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक