शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारलाई संविधानविपरीत गलत काम गर्ने छुट छैन : कृषिमन्त्री

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सरकारलाई संविधानविपरीत गलत काम गर्ने छुट छैन : कृषिमन्त्री

मन्त्री अधिकारी–सम्बोधन काभ्रेपलाञ्चोक, १० फागुनः कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी आइतबार काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डार उद्घाटन एवं स्थानीय कृषि उत्पादन प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः राजकुमार पराजुली÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रेपलाञ्चोक । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधानविपरीत कुनै पनि गलत काम गर्ने छुट नभएको धारणा राखेका छन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डारको आज उद्घाटन एवम् स्थानीय कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा उनले वर्तमान सरकार जनता केन्द्रित भएर काम गरिरहेकाले संविधान विपरीत गतिविधि नगर्ने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले सरकारले कृषि उत्पादनमा देखिएका कृषि बजारीकरण तथा प्रवर्द्धनलगायत किसानका समस्या योजनाबद्ध रूपमा समाधान गर्दै जाने जनाए । उनले दुग्ध किसानका समस्या समाधान हुँदै गएका भन्दै अन्य क्षेत्रका सास्या पहिचान गरी समाधान गरिने प्रतिबद्धता जनाए ।

‘म मन्त्री भएर आउँदा दुग्ध किसानको ११ महिनाको पैसा भुक्तानी हुन बाँकी थियो । अहिले छ महिनामा झारेका छौँ, गत हप्ता पनि नौ स्थानमा भुक्तानीका लागि पैसा निकास भइसकेको छ, अब क्रमशः पैसा दिँदै बाँकी समयावधि घटाउँदै जानेछौँ’, उनले भने ।

मन्त्री अधिकारीले कृषिमा विषादी न्यूनीकरण तथा रासायनिक मल व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउने बताउँदै एकै पटक विषादी प्रयोग बन्द गर्न नमिल्ने भएकाले प्रयोग गर्नै परे सावधानी अपनाउन किसानलाई आग्रह गरे ।

उनले भने, ‘माटोमा पनि रासायनिक मल प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै जानुहोस्, आगामी वर्ष प्रभावकारी मल व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै तयारी सुरु गर्दैछ ।’

आगामी वर्षका लागि मल व्यवस्थापनमा छुट्याएको २७ अर्बमध्ये  २० देखि २२ अर्ब रुपैयाँ सम्मको मल खरिद गरेर बाँकी रकमले किसानलाई घरमा प्राङ्गारिक, जैविक र जीवाणु मल उत्पादन गर्न लगाइने मन्त्रालयस्तरमा छलफल भइरहेको अधिकारीले जनाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले सरकारले हरेका योजना तथा कार्यक्रम बनाउँदा किसानलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए । उनले किसानका पक्षमा देखिएका दुग्धजन्यलगायत कृषि उपजमा देखिएका समस्या समाधान गर्दै जान सरकारलाई सुझाव दिए ।

सो अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले खाद्यान्न, दूध तथा तरकारी उत्पादनका लागि प्रख्यात काभ्रेपलाञ्चोकमा किसानका लागि राहतका कार्यक्रम ल्याउन आग्रह गरे । संस्थाकी अध्यक्ष सुमित्रा बञ्जाराले स्थानीययस्तरमा शीतभण्डार व्यवस्थापनमा सरकारले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

यो पनि पढ्नुहोस्

भारतबाट रासायनिक मल खरिद गर्ने

भारतबाट रासायनिक मल खरिद गर्ने

५ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

सुनचाँदीको मूल्य बढ्याे

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक