काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।
तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूले आरोप लगाएका छ। उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको उनीहरूको धारणा छ।
गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन्।
विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका छन् । हाल रिटोटलिङको लागि प्रति विषय ५०० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई धेरै नै नराम्रो मानिएकाे छ।


